Close This

   सर्लाही ट्राफिकद्धारा सवारीसाधनको चेकजाँचमा कडाई

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१०-१७ गते   ८८७ पटक हेरिएको

जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले सवारी साधनको चेक जाँचमा कडाई गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत  छोटो तथा लामो दुरीका सवारी साधनहरुको चेक जाँचमा कडाई गरेको हो साथै पैदलयात्रीहरुलाई सडकको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी वा पैदल यात्रीहरुले सडकको प्रयोग गर्दा कुन साईडबाट गर्ने भन्ने बारेमा पैदल यात्रीहरुलाई जनचेतना मुलक जानकारी गराईएको ट्राफिक प्रहरी पोष्ट नयाँ रोडका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी सहायक निरिक्षक कुमार प्रसाद मैनालीले जानकारी दिनु भयो

मालबाहक तथा यात्रु बाहक सवारी साधनमा अव्यवस्थीत तथा असोभनिय रुपमा टाँगिएका झण्डा तथा कपडाहरु हटाउने, यात्रु बाहक सवारी साधनमा महिला,जेष्ठ नागरीक,अपाङ्ग आरक्षण सिटको व्यावस्था भए नभएको सिट क्षमता लगाएका विषयमा चेकजाँच गरिएको मैनालीले  बताउनु भयो जिल्लामा रहेका विभिन्न स्थानका ट्राफिक प्रहरी पोष्टहरुले पछिल्ला दिनहरुमा निरन्तर चेकजाँचलाई कडाई गरेको

जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुर सहित जिल्लाका विभिन्न स्थानमा रहेका ट्राफिक प्रहरी पोष्टहरुले उखु बोक्ने सवारी साधन,अन्य मालबाहक सवारीसाधन यात्रु बाहक साना तथा ठुला सवारी साधनहरुको चेकजाँचमा कडाई गरेको हो

सवारी साधनको चेकजाँचमा कडाई गरेपछि जिल्लामा सवारी दुर्घटनाका घटनाहरु घटेका जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुर सर्लाहीका निमित्त प्रमुख तथा प्रहरी नायव निरिक्षक राजकुमार केसीले बताउनु भयो दुर्घटनाहरु सवारी साधनको मेसिनरी खराबी तथा  सवारी साधनका चालकको लार्पबाहीका कारण हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले जनाएको

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech