Close This

नगरपालिका कर्मचारी एशोसिएसनको नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-७ गते   १३९ पटक हेरिएको

नेपाल नगरपालिका कर्मचारी एशोसिएसन मधेश प्रदेशको प्रादेशिक तथा सर्लाही जिल्ला अधिवेशन सम्पन्न भएको छ । सर्लाहीको बागमतीमा भएको कार्यक्रममा एशोसिएसनको प्रदेश र जिल्ला नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले अजय शर्माको अध्यक्षतामा,गोविन्द राय उपाध्यक्ष,नरोत्तम अधिकारी सचिव, सुशीला रौनियार कोषाध्यक्ष,सरोज लाल सह–सचिवसहित १६ सदस्यीय मधेश प्रदेश स्तरीय समिति गठन गरेको छ ।
त्यस्तै, अनिल कुमार गुप्ताको अध्यक्षतामा १७ सदस्यीय सर्लाही जिल्ला समिति चयन गरिएको छ । जिल्ला समितिको कोषअध्यक्षमा रामध्यान राय र अशोक कुमार गुप्ता सचिवसहित १७ सदस्यीय सर्लाही जिल्ला समिति चयन गरिएको हो । नेपाल नगरपालिका कर्मचारी एशोसिएसनका केन्द्रीय अध्यक्ष डम्बर रोगुको अध्यक्षता तथा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको एशोसिएसनका केन्द्रीय उप महासचिव चित्रबहादुर विश्वकर्माले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech