सर्लाहीमा आत्माहत्या गर्नेको संख्यामा बृद्धि, गएको एक वर्षमा ८२ जनाले गरे आत्माहत्या

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-२ गते   १५५८ पटक हेरिएको

सर्लाहीमा आत्माहत्याका घटना बढ्दै गएको पाइएको छ । गएको एक वर्षमा जिल्लाभर ८२ जनाले आत्महत्या गरेका प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ । प्रहरीको तथ्यांक अनुसार गएको आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाभर ६० जनाले झुण्डिएर,२० जनाले विष सेवन गरेर र २ जनाले आगो लगाई आत्माहत्या गरेका हुन ।
जिल्लामा आत्माहत्या गर्नेहरुको कुल संख्यामा महिलाको संख्या धेरै रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले  जानकारी दिए । उनका अनुसार कुल ८२ जना मध्य ३९ जना महिला,३३ जना पुरुष,८ जना बालिका र २ जना बालकले आत्महत्या गरेका छन् ।
यस्तै, यो आर्थिक वर्ष २०७९/०८० सुरु भएपछि पनि जिल्लामा ९ जनाले आत्महत्या गरिसकेका छन् । आर्थिक वर्ष २०७९/०८० सुरु भएको २ महिनामा ९ जनाले आत्माहत्या गरि सकेको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ  । आर्थिक वर्ष २०७९/०८० सुरु भएको २ महिनामा आत्माहत्या गर्ने कारणहरुमा आर्थिक सहित अन्य समस्या हुनु,तनाव व्यवस्थापन गर्न नसक्नु,परिवारीक किचलो हुनु,प्रेममा धोका पाउनुजस्ता प्रमुख कारणहरु रहेका प्रहरीको अनुसन्धाबाट देखिएको छ । आत्माहत्या सम्बन्धी सचेतनामुलक कार्यक्रमको अवसरमा यो तथ्यांकसार्वजनिक गरिएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech