Close This

प्रहरी हबल्दारमा बढुवा भएका साह र सिंहलाई दर्जानी चिन्ह सुसोभन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१०-८ गते   १२१२ पटक हेरिएको

जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले प्रहरी जवानबाट प्रहरी हवल्दारमा बढुवा भएका २ जनालाई दर्जानी चिन्ह सुसोभन गरेको छ ।  
ट्राफिक प्रहरी कार्यलय पर्साको पर्सागढीमा दरबन्दी भई अस्थायी ट्राफिक प्रहरी चौकी कर्मैया सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान राम आधार साह र जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीमा दरवन्दी भई अस्थायी ट्राफिक प्रहरी चौकी कर्मैयामा कार्यरत ट्राफिक प्रहरी जवान राजिव कुमार सिंहको बढुवा भएर हो । उनिहरु दुवै जना प्रहरी जवानबाट प्रहरी हबल्दारमा बढुवा भएका हुन । उनिहरु दुवै जनाको २०६३ साल श्रावण २१ गते नियुक्ती भएको थियो ।


प्रहरी प्रधान कार्यलय मानव श्रोत एवम प्रशासन विभाग कर्माचारी प्रशासन शाखाको २०७६ माघ ७ गतेको बढुवा सुचिमा परि बढुवा भएका साह र सिंहलाई जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक सुर्य नारायण यादवले दर्जानी चिन्ह सुसोभन गरि दिनु भएको हो । बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीको प्राङ्गणमा भएको एक अनौपचारीक  कार्यक्रममा साह र सिंहलाई ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक यादवले दर्जानी चिन्ह सुसोभन गर्नु भएको हो ।


प्रहरी प्रशासन जहा रहे बसेपनि आफ्नो काम सफलताका साथ पुरा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक सुर्य नारायण यादवले आग्रह गर्नु भयो । उहाँले अनुशासीत,ईमान्दारी र जवाफ भएर काम गर्न आग्ह गर्नु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech