सर्लाहीमा दुई सय भन्दा भन्दा बढी समुदायमा आधारित वन व्यवस्थापन गरिएको छ ।जिल्लामा ८७ वटा सामुदायिक वन तीन वटा साझेदारी वन,१९ वटा कवुलियति वन,दुई वटा धार्मिक वन र ९१ वटा नीजि वन गरी जिल्लामा दुई सय दुई वटा समुदाय वन व्यावस्थापन गरिएको डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीका सूचना अधिकारी एवम सहायक वन अधिकृत राकेश रन्जन दासले जानकारी दिए ।
उनका अनुसार,एक लाख २५ हजार नौ सय ४८ हेक्टर क्षेत्र रहेको सर्लाहीमा १९ हजार पाँच सय ६६ हेक्टर चुरेक्षेत्र र एक लाख छ हजार तीन सय ८१ हेक्टर तराई क्षेत्र रहेको सर्लाहीमा २९ हजार पाँच सय ७१ दशमलव ३६ हेक्टर वन क्षेत्र रहेको छ।जसमा १३ हजार सात सय ९० दशमलव ९० हेक्टर सामुदायिक वन क्षेत्र,पाँच हजार चार सय ९३ दशमलव ५४ हेक्टर साझेरी वन क्षेत्र,६४ दशमलव १४ हेक्टर कवुलियती वन क्षेत्र,छ दशमलव छ हेक्टर धार्मिक वन क्षेत्र,तीन हजार पाँच सय ४७ दशमलव ५६ हेक्टर सरकारद्धारा व्यवस्थित गरिएको वन क्षेत्र र छ हजार छ सय ६९ दशमलव १५ हेक्टर सागरनाथ वन विकास परियोजना क्षेत्र रहेको डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत मन्जुर अहमद्ले जानकारी दिए ।
उनका अनुसार १५ हजार छ सय ८१ हेक्टर तराई वन र १४ हजार ५५ दशमलव १३ हेक्टर चुरे वन क्षेत्र रहेको सर्लाहीमा तराई÷भावर वन,साल वन,सिसौ÷खयर वन,अन्य मिश्रित हार्डउड वन र सिवालिक(चुरे)वन रहेका छन्।सबै गरेर ९४ जना कर्माचारीहरुको दरबन्दी रहेको सर्लाहीमा ७६ जना मात्रै कर्माचारीहरु रहेका भएपनि वन व्यावस्थापनका साथै चोरी तस्करी न्युनिकरणमा सक्रिय भएर लागि परेका कारण तुलानात्मक राम्रो उपलब्धि हाँसिल भएको डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीका सहायक वन अधिकृत एवम योजना शाखाका सजन चौधरीले जानकारी दिए ।उनका अनुसार कर्माचारी आवश्यकता अनुसार नभएपनि सात सय नौ दशमलव दुई व्यिुविफिट काम,पाँच वटा ट्याक्टर,१० वटा साईकल,एउटा पिकअप,सात वटा मोटरसाईकल र एउटा ट्रक समेत काठ चोरी तस्करीमा संग्लग्न रहेको अवस्थामा नियन्त्रणमा लिएको र १० हेक्टर भन्दा बढी अतिक्रमित क्षेत्रफल हटाएर करिब १७ दशमलव २७ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिएको छ ।
संघीय सरकार,प्रदेश सरकार,राष्ट्रिय वन विकास तथा व्यावस्थापन कार्यक्रम,वन तथा भू संरक्षण विभाग,वातावारण विभाग,समृद्धिका लागि वन,जडिबुटी विकास कार्यक्रम र डिभिजन वन कार्यालयहरु(वन सुरक्षा शैनिक समेत)गरी कुल १२ करोड ९६ लाख ५१ हजार बजेट आएकोमा १० करोड ६० लाख ६४ हजार बजेट खर्च गर्न सफल भएको डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीले जनाएको छ ।
जिल्लाका १२ स्थानमा पटक पटक र विभिन्न समयमा गरेर तीन हजार २३ दशमलव १४८ हेक्टर वन क्षेत्र अतिक्रमण भएको,सागरनाथ वन विकास परियोजनाको प्रशासनीक कमिकमजोरीका कारण एक हजार सात सय भन्दा बढी वन क्षेत्र अतिक्रमण भएको,१० वर्षे लामो शसस्त्र द्धन्द्धको समयमा सबै भन्दा बढी वन क्षेत्र अतिक्रमण भएकोमा शान्ति प्रक्रिया पछि वन क्षेत्र अतिक्रमण हुन नपाएको डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीको तथ्यांकमा उल्लेख गरिएको छ ।
जिल्लाका १७ वटा सामुदायिक वन,साझेदारी वन र वेवारिसे बरामदी गरि कुल ४४ हजार दुई सय ८४ दशमलव ६४ क्युविफिट काठ उत्पादन भएको र आन्तरिक खपतका लागि माग भए र सहमती भए अनुसार पुरानो र नयाँ काठ गरी ३९ हजार तीन सय १९ दशमलव तीन क्युविफिट काठ विक्रि वितरण गरिएको र जिल्ला वन आपुर्ति समितिले वनपैदावार विक्रि वितरणबाट ११ लाख ६४ हजार छ सय ४३ रुपैँया ३४ पैसा नाफा कमाएको र एक करोड ४१ लाख ८८ हजार सात सय ५४ रुपैँया ४५ पैसा राजश्व चालु आर्थिक वर्ष २०८०/०८१ मा संकलन गरेका डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीकोे तथ्यांकले देखाएको छ ।
जिल्लाका सव डिभिजन वन कार्यालयहरु,डिभिजन वन कार्यालय र विभिन्न निकायहरुको सहयोगमा निर्माण गरिएका नर्सरीमा गरी बहुवर्षे करिब पाँच लाख र एक वर्षे करिब सात लाख विरुवाहरु उत्पादन गरिनुका साथै जिल्लाको सव डिभिजन वन कार्यालय लालबन्दीमा चार हेक्टर र सव डिभिजन वन कार्यालय घारीमा छ हेक्टर क्षेत्रफलमा लगाईएको विरुवाहरुको संरक्षण,रेखदेख तथा पुन रोपण गरिएको डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीकोे तथ्यांकले देखाएको छ ।
सव डिभिजन वन कार्यालय बाँकेमा कार्यालय निर्माण,पानी तथा विद्युत सेवा विस्तार,सव डिभिजन वन कार्यालय घारीको कार्यालय व्यावस्थापनका साथै ,खानेपानी र विद्युत विस्तार,सव डिभिजन वन कार्यालय लालबन्दीको कार्यालय मर्मत सम्भार र नर्सरी उत्पादन क्षेत्रको निर्माण, सव डिभिजन वन कार्यालय जानकीनगरको कार्यालय व्यावस्थापन,विद्युत तथा पानी र नर्सरी उत्पादन स्थल,सव डिभिजन वन कार्यालय मुर्तियाको कार्यालय निर्माण तथा नर्सरी उत्पादन स्थलको निर्मााण तथा सव डिभिजन वन कार्यालय नर्सरी उत्पादन क्षेत्रको निर्माणको काम भएको,जिल्लाका मुखय सडक खण्डहरुमा रोपिएका विरुवाहरुको संरक्षण,हरित पार्क निर्माण,वन वाटिका उद्यान संरक्षण व्यावस्थापन लगायतका काम गरिएको डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीले जनाएको छ ।
भूमिहिन,सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको व्यावस्थापनका लागि गठन भएको आयोग,नदीजन्य पदार्थ,वन्यजन्तु चोरी शिकारी तथा मानव वन्यजन्तु द्धन्द्ध न्यूनिकरण,चुरे क्षेत्रको संरक्षण तथा व्यावस्थापन,मिचाहा प्रजाति,वन क्षेत्र र कर्माचारी संख्याको अनुपातका साथै स्थानीय तहहरुले वातावरणीय पक्ष नसमेटी विना ईजाजत वन क्षेत्रमा भौतिक पुर्वाधार निर्माण गर्नु लगायतका समस्याका कारण वन अतिक्रमण भएको पाइएको
अतिक्रमण हटाउन तथा वन व्यावस्थापन गर्न खाली रहेका जमिनहरुमा वृक्षारोपण र जनचेतना तथा सचेतनामूलक सूचनाहरु प्रकाशन प्रसारण र होर्डिङ बोर्ड निर्माण लगायतका काम गरिएको कार्यालयले जनाएको छ ।कोरोना महामारी भन्दा अघिको तुनामा कोरोना महामारी पछि वन कार्यालयहरु र वन कर्माचारीहरुको सक्रियता बढेका कारण वनजन्य पदार्थहरुको चोरी तस्करी तथा शिकारीमा कमि आएको तथ्यांकले देखाएको छ ।