Close This

इश्वरपुर र चन्द्रनगरले सुकुम्बासीको व्यावस्थापन गर्ने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-१६ गते   १६७५ पटक हेरिएको

सर्लाहीका दुई स्थानिय निकायले भुमिहिन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको व्यावस्थापन गर्ने भएका छन् । जिल्लाको इश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाले भुमिहिन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको व्यावस्थापन गर्ने भएका हुन् ।
राष्ट्रिय भूमी आयोग सर्लाहीका अध्यक्ष चन्द्र प्रसाद वाग्ले र आयोगका प्रवक्ता मदन बहादुर बिश्वकर्मालाई स्वागत तथा सम्मान गर्न आयोजीत कार्यक्रममा इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज  आचार्य र चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले आफ्नो स्थानिय निकाय भित्रका भुमिहिन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको चालु आर्थिक वर्ष २०७९÷०८० भित्रै व्यावस्थापन गर्ने बताएका छन् ।
भुमिहिन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दै आएका जनताहरुलाई यथाशीघ्र जग्गा प्राप्त गर्ने गरि आयोगका अध्यक्ष वाग्लेसँग योजना निर्माण गर्ने सहमती भएको इश्वरपुर नगरपालिकाका नगर प्रम्ुख आचार्यले बताउनु भयो । स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष वाग्लेले स्थानीय निकायले बनाएको योजनालाई उपलब्धीमुलक बनाउन र निर्धारित समय भित्रै जग्गा वितरणको कार्य सम्पन्न गर्न आयोगको तर्फबाट  सक्दो सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
इश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाले भुमिहिन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा उपलब्ध गराई लालपुर्जा समेत दिने बताएका छन् ।
यस अघि जिल्लाको बागमती नगरपालिकाले करिब ७ हजार ५ सय भुमिहिन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा उपलब्ध गराई वासस्थान मिलाएको छ । भने हरिवन नगरपालिका पनि भुमिहिन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा उपलब्ध गराई व्यावस्थापन गर्ने कार्यमा जुटि सकेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech