महोत्तरीको जलेश्वर कारागारबाट भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनका क्रममा फरार भएका एक कैदीलाई प्रहरीले करिब १० महिनापछि नियन्त्रणमा लिएको छ ।सर्लाहीको लालबन्दी नगरपालिका–२ जुटपानीदेखि पुनर्वास जाने भित्री सडक खण्डबाट फरार कैदी विजेन्द्र कुमार पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले आइतबार पासवानलाई नियन्त्रणमा लिएको हो । जेन–जी पुस्ताको आन्दोलनका क्रममा २०८२ भदौ २४ गते जलेश्वर कारागार,महोत्तरीबाट पासवान डाँका मुद्दामा फरार भएका थिए। त्यसयता प्रहरी उनको खोजी तिब्र बनाएको थियो।करिब १० महिनासम्म फरार रहेका पासवानलाई गोप्य सूचनाका आधारमा पक्राउ गरी थप कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।