जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीलाई लायन्स क्लब लालबन्दीले खाद्यान्न सहयोग गरेको छ। “जेन जी”पुस्ताको तोडफोड तथा आगजनीबाट क्षति बेहोरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई लायन्स क्लब लालबन्दीले खाद्यान्न सहयोग गरेको लायन्स क्लब अफ लालबन्दीका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए ।
उनका अनुसार क्लबले चामल,दाल र चना जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीलाई प्रदान गरिएको हो ।
क्लबका पदाधिकारी तथा सदस्यहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको तोडफोड तथा आगजनीबाट क्षतविक्षत भएको कार्यलयमा पुगि खाद्यान्न सहयोग गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए।उनका अनुसार “जेन जी”पुस्ताको तोडफोड तथा आगजनीबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको सवारी साधन,ट्राफिक प्रहरी कर्मचारीहरुको कपडा,सुत्ने वेड विस्तारा पुर्ण रुपमा क्षेती भएको छ भने तोडफोड तथा आगजनीबाट कार्यालय आंशिक रुपमा क्षेती पुगेको छ ।
त्यस्तै,लालबन्दी नगरपालिका ९ बस्तिपुरस्थित आइडिएल–को–एड एकेडेमीले कार्यालयलाई एक थान कुर्सी प्रदान गरेको छ।“जेन जी”पुस्ताको प्रदर्शनको क्रममा कार्यालय भवन र सवारी साधनमा क्षति पुग्दा ट्राफिक प्रहरीलाई सेवा प्रवाह गर्न समस्या परिरहेको छ।जिल्लाका विभिन्न स्थानमा रहेका ट्राफिक चेक पोष्टहरु समेत पुर्ण रुपमा क्षेती भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।