सर्लाहीको लालबन्दी नगरपालिका ७ बाट प्रहरीले १५ किलो लागुऔषध गाजाँ सहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा लालवन्दी नगरपालिका वडा नं ११ का अन्दाजी वर्ष ४७ का सोम वहादुर स्याङतान, उनको साथबाट ना=२ ह.५९३६ नम्वरको अटो ,ईश्वरपुर नगरपालिका वडा नं ८ का अन्दाजी वर्ष ३२ का राम विश्वास राउत र महोतरीको सोनमा गाउँपालिका वडा नं ४ का अन्दाजी वर्ष ३३ को रमाशंकर राउत सहित BR 30 T 0103 नम्वरको मोटरसाईकल पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाको कमाण्डमा निस्केको प्रहरी टोलीले सुराकीको आधारमा चेकजाँच गर्दा उनिहरुको साथबाट सो परिमाणमा लागु औषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।