बागमती ११ मा शनिबार भएको दुर्घटनाको वास्तविक समाचार प्रकाशन भएपछि बरिष्ठ सई दाहाल अत्तालिए

689 Shares

पुर्व पश्चीम लोकमार्ग अन्र्तगत सर्लाहीको बागमती नगरपालिका ११ स्थित पुरानो चौकी अगाडि शनिबार राती करिब साँढे सात बजे भएको सवारी दुर्घटनाको विषयमा वास्तविक समाचार प्रकाशन भएपछि इलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी प्रमुख प्रहरी बरिष्ठ नायव निरिक्षक (बरिष्ठ सई) नारायण कुमार दाहाल अत्तालिएका छन् । 
ईलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी प्रमुख एवम प्रहरी बरिष्ठ सई दाहाल सवार बा २ ब ५७६६ नम्बरको मोटरसाईकलका चालक सोही कार्यालयमा कार्यरत प्रहरी हबल्दार रामशरण न्यौपानेलाई बचाउँन चालक परिवर्तन गर्न खोजेको विषयलाई समेटेर कमलामाई मिडिया प्रा.लिद्धारा सञ्चालित कमलामाईखबर डटकम नामक अनलाईन पत्रिकामा समाचार प्काशन भएपछि बरिष्ठ नायव निरिक्षक((बरिष्ठ सई) ) दाहाल अत्तालिएका हुन ।
सो दुर्घटनामा इश्वरपुर नगरपालिका ५ सखुवनीका अन्दाजी २९ वर्षिय सुनिल लामाको घटनास्थल मै ज्यान गएको थियो भने अर्का सोही ठाउँका अन्दाजी वर्ष २१ का रमेश महतो घाईते भएका छन् ।त्यसैगरी बरिष्ठ नायव निरिक्षक(बरिष्ट सई) दाहाल र उनी सवार  प्रहरीको सरकारी मोटरसाईकलका चालक न्यौपाने पनि घाईते भएका छन् ।अहिले बरिष्ठ नायव निरिक्षक(बरिष्ठ सई) दाहाल कार्यालयको नियमित काममा फर्किएका भएपनि हबल्दार न्यौपाने र अर्काे महतो धनुषाको लालगढ मोडेल अस्पतालमा उपचारत अवस्थामा रहेका छन् ।
प्रहरी हबल्दार न्यौपानेको जागिरको  माया लागेका बरिष्ठ नायव निरिक्षक(बरिष्ठ सई) दाहालले आफु चालक रहेको भन्दै ईलाका प्रहरी कार्यालय हरिवन र जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सेटिङ् गरि रहेको विशेष स्रोतले जानकारी दिए पछि सोही विषयलाई समेटेर समाचार प्रकाशन भएको थियो ।त्यसपछि अत्तालिएका बरिष्ठ नायव निरिक्षक(बरिष्ठ सई) दाहालले विभिन्न मानिसहरु मार्फत कमलामाई मिडिया प्रा.लिद्धारा सञ्चालित कमलामाईखबर डटकम नामक अनलाईन पत्रिकाका सञ्चालकलाई फोन गर्न लगाएका छन् ।
आखिर समाचारमा के थियो ?
पुर्व पश्चीम लोकमार्ग अन्र्तगत सर्लाहीको बागमती नगरपालिका ११ स्थित पुरानो चौकी अगाडि शनिबार राती करिब साँढे सात बजे भएको सवारी दुर्घटनामा प्रहरीले शंकास्पद गतिविधि गरेको पाइएको छ ।ईलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी प्रमुख एवम प्रहरी बरिष्ठ सई नारायण कुमार दाहाल सवार बा २ ब ५७६६ नम्बरको मोटरसाईकलसंग ठक्कर खाएर उछिटिँदा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ भने स्वय बरिष्ठ सई दाहाल सहित सो मोटरसाईकलका चालक ईलाका प्रहरी कार्यालय कर्मैया मै कार्यरत प्रहरी हबल्दार रामशरण न्यौपाने घाईते भएका छन् भने अर्काे प्रदेश २–०३–००६ प.६७ नम्बरको मोटरसाईकलमा सवार एक जनाको ज्यान गएको र सो मोटरसाईकलका चालक घाईते भएका छन् । तर ती घाईते चालक फरार रहेका छन् ।
बा २ ब ५७६६ नम्बरको मोटरसाईकल चालक प्रहरी हबल्दार न्यौपानेलाई बचाउन ईलाका प्रहरी कार्यालय कर्मैया र ईलाका प्रहरी कार्यालय हरिवनले प्रहरी हबल्दार न्यौपाने चालक नभई बरिष्ठ सई दाहाल नै चालक रहेको भन्दै प्रहरी हबल्दार न्यौपानेलाई बचाउने खेल सुरु भएको पाइएको छ ।सर्लाही कै प्रहरी चौकी त्रिभुवनगर दरवन्दी भई ईलाका प्रहरी कार्यालय कर्मैयामा काईरत प्रहरी हबल्दार न्यौपानेको घर पनि बागमती नगरपालिका ११ नै हो । प्रहरीले देखाएको शंकास्पद गतितिविधिबाट प्रहरी हबल्दार न्यौपानेको सवारी चालक अनुमती पत्र नभएकाले बरिष्ठ सई दाहालले सो मोटरसाईकल चलाएका हुन भनी प्रहरी हबल्दार न्यौपानेलाई बचाउने खेल सुरु भएको पाइएको हो ।यसबाट प्रहरी हबल्दार न्यौपानेले मुत्ती पाउलान नपाउलान त्यो पछिको कुरा भएपनि सरकारी मोटरसाईकल सवारी चालक अनुमती पत्र नभएका मानिसलाई चालक बनाउने बरिष्ठ सई दाहालले के जवाप देलान त्यो पनि हेर्न बाँकी छ ।
बरिष्ठ सई दाहालको दरबन्दी ईलाका प्रहरी कार्यालय भक्तिपुर रहेपनि उनी तयहाँ नगएर ईलाका प्रहरी कार्यालय कर्मैया प्रमुख भएर आएका हुन । दुर्घटनामा प्रहरी हबल्दार न्यौपानेको दाहिने खुट्टामा चोट लागेको र स्थानीय बागमती मोडल अस्पताल कर्मैयामा सामान्यपछि धनुषाको लालगढ मोडेल अस्पतालमा पुर्याइएको छ भने बरिष्ठ सई दाहालको पनि दाहिने खुट्टामा चोट लागेको र स्थानीय बागमती मोडेल अस्पतालमा उपचार भइ उनी कार्यालय फर्किएका छन् । जसरी पनि पैसा चाहियो भन्ने मानसिकता भएका बरिष्ठ सई दाहाल ईलाका प्रहरी कार्यालय भक्तिपुरमा कमाई नहुने भएपछि ईलाका प्रहरी कार्यालय कर्मैया आएका प्रहरी स्रोतको दाबी छ ।
घटनास्थल र वास्तकिता के हो ?
पुर्व पश्चीम लोकमार्ग अन्र्तगत सर्लाहीको बागमती नगरपालिका ११ स्थित पुरानो चौकी अगाडि भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको र तीन जना घाईते भएका हुन ।पुर्व पश्चिम लोकमार्ग अन्तरगत बागमती नगरपालिका ११ नयाँ बजारमा शनिबार राति करिब साँढे सात बजे दुई मोटरसाईकल एक आपसमा ठोक्किएर लडी यात्रु बसले किच्दा एक जनाको घटनास्थल मै ज्यान गएको र अरु तीन जना घाईते भएका थिए ।
पुर्व पश्चिम लोकमार्गमा पुर्वबाट पश्चिमतर्फ जादै गरेको प्रदेश २–०३–००६ प.६७ नम्बरको मोटरसाईकल र पश्चिमबाट पुर्वतर्फ गस्तीमा जाँदै गरेको ईलाका प्रहरी कार्यालय कर्मैयाको बा २ ब–५७६६ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिएर लड्दा पुर्वबाट पश्चीम तर्फ जाँदै गरेको ना.७ ख.१८३६ नम्बरको रातीकालीन यात्रुबसले किच्दा नामथर वतन नखुलेका अन्दाजी ३५ वर्षका एक पुरुषको घटनास्थल मै ज्यान गएको र सोही मोटरसाईकलका चालक घाईते भएपनि फरार रहेका छन् ।
त्यस्तै प्रदेश २–०३–००६ प.६७ नम्बरको मोटरसाईकललाई ठक्कर दिने ईलाका प्रहरी कार्यालय कर्मैयाको गस्तीमा रहेको बा २ ब–५७६६ नम्बरको नेपाल प्रहरीको मोटरसाईकलका चालक अन्दाजी ३६ वर्षका न्यौपाने र ईलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी प्रमुख एवम प्रहरी बरिष्ठ सई दाहाल पनि घाईते भएका छन् ।घाईते भएका बा २ ब–५७६६ नम्बर नेपाल प्रहरीको मोटरसाईकलका चालक न्यौपानेको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि धनुषाको लालगढमा रहेको लालगढ मोडेल अस्पताल पठाइएको छ भने सोही मोटरसाईकलमा पछाडि सवार ईलाका प्रहरी कार्यालय कर्मैयाका प्रमुख एवम प्रहरी बरिष्ठ सई दाहालको पनि बागमती मोडल अस्पताल कर्मैयामा उपचार भई कार्यालय फर्किएका छन् ।
दुर्घटनामा संग्लग्न भएको प्रदेश २–०३–००६ प.६७ नम्बरको मोटरसाईकल,बा २ ब–५७६६ नम्बरको नेपाल प्रहरीको मोटरसाईकल ईलाका प्रहरी कार्यालय कर्मैयाको नियन्त्रणमा रहेका छन् भने ना.७ ख.१८३६ नम्बरको रातीकालीन यात्रुबस र त्यसका चालक रौतहटको चन्द्रपुर नगरपालिका १ का अन्दाजी वर्ष ३६ का रामहरी चौधरी ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेका छन् । शवलाई पोष्टमार्टका लागि प्रादेशिक अस्पताल मलंगवा पठाईएको छ । यता,प्रदेश २–०३–००६ प.६७ नम्बरको मोटरसाईकलमा पछाडि सवार भई दुर्घटनामा मृत्यु भएका मानिसको साथबाट केही प्रतिवन्धित लागु औषध गाँजा समेत बरामद्  भएको प्रहरीले जनाएको छ ।सोही कारण पनि सो मोटरसाईकलका चालक घाईते भएपनि फरार भएका हुन सक्ने आशंका गर्न सकिन्छ ।

सम्बन्धित समाचार