Close This

प्राकृतिक ताल नाढीमनमा पानी सफा गर्न हालिएको विषादीका कारण प्रदुषण फैलिदा स्थानिय आजित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-१६ गते   २७७ पटक हेरिएको

सर्लाहीको चन्द्रनगर गाउँपालिका ६ स्थित नाढीमन तालमा पानी सफा गर्न हालिएको बिषादीका कारण दुर्गन्ध फैलिएको छ । चन्द्रनगर गाउपालिका ६ स्थित नाढीमन तालमा माछा ठेकेदारले पानी सफा गर्न हालेको विषादीले दुर्गन्ध फैलिँदा आफुहरुलाई समस्या परेकाे स्थानीयले बताएका छन् । पानी फोहोर भएको भन्दै ठेकेदारले  करिब १० दिनअघि भारतबाट ल्याएको विषादी हालेका थिए । त्यसपछि ताल वरपर निकै दुर्गन्ध फैलिएको स्थानिय कपिल कापरले बताउनुभयो  । त्यही दुर्गन्धका कारण स्थानीयमा वान्ता भइरहने,टाउको दुख्ने जस्ता स्वास्थ्य समस्या देखा परेको कापरकाे भनाइ छ ।
चन्द्रनगर गाउँपालिकाले नाढीमन तालमा माछापालनका लागि ठेकेदारलाई रु ६ करोड २९ लाखमा ५ वर्षका लागि ठेक्का दिएको छ । सो ठेक्काको अवधी आगामी वैशाख दोस्रो साता सकिँने चन्द्रनगर गाउपालिका कार्यालयले जनाएको छ ।पानी फोहोर भएपछि सफा गर्नका लागि विषादी हालेको  ठेकेदार दुलार मुखियाले बताउनु भयाे  । उहाँका अनुसार औषधी हालेको देखि निरन्तर टन्टलापूर घाम लागेको र राम्रोसँग पानी पर्न नसक्दा दुर्गन्ध फैलिएको  छ ।
जनकपुर लगायतका स्थानमा पनि यसरी पानी सफा गर्न विषादी हाल्ने गरिएकोले नाढीमन तालमा पनि विदाषी हालिएको ठेकेदार मुखियाले बताउनु भयाे  । गाउँपालिकाले तालमा डुंगा चलाउँदा माछा मर्ने गरेको, छेउछाउमा मदिरा खाएर बोतल जथाभावी फाल्दा माछा मार्न खटिने आफ्ना कामदारको खुट्टा काट्ने गरेको,बाढी आएर माछा बगाउने गरेको, कहिलेकाँही माछा नै चोरी हुने गरेको जस्ता कारणले आफू अन्यायमा परिरहेको ठेकेदार मुखियाकाे गुनासो  छ । दिनप्रतिदिन  विषादीको गन्ध विस्तारै कम हुँदै गएको ठेकेदार मुखियाले बताउनु भयाे  ।
५२ बिघा क्षेत्रफलमा फैलिएको नाढीमन ताल दिनप्रति अतिक्रमणको चपेटामा परेकाे छ भने प्राकृतिक ताल दिनप्रतिदिन मानविय हस्तक्षेपकाे चपेटामा परि रहेकाे छ । ५२ बिघा क्षेत्रफलमा फैलिएको नाढीमन ताल अहिले करिब ३२ बिघा क्षेत्रफलमा खुम्चिएकाे छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech