सर्लाहीका ४ वटै क्षेत्रमा शुक्रबारबाट मतगणना सूरु हुने

126 Shares

सर्लाहीका ४ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानबाट सूरु हुने भएको छ।निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलनमै विहिबार राती अबेरसम्म लागेकाले शुक्रबार बिहानबाट मतगणना सुरु हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार सर्लाही क्षेत्र नं. १ को लालबन्दी, क्षेत्र नम्बर २ को मलंगवा,क्षेत्र नम्बर ३ को हरिवन र क्षेत्र नम्बर ४ को गोडैतास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुनेछ ।
आफूहरु मतगणनाका लागि पूर्ण तयारी अवस्थामा रहेको र राजनैतिक दल वा उम्मेदवारका प्रतिनिधिहरु सहितको सर्वदलिय सहमति लगतै क्षेत्र नं. २ को गणना सूरु गर्ने निर्वाचन अधिकृतको कार्यालय मलंगवाले जनाएको छ।कार्यालयका अनुसार कार्यविधि र निर्देशिका लगायतमा उल्लेख भएकै कुराहरुमा प्रतिनिधिहरुबीच सहमति गराईने र ऐन कानूनमा तोकिए भन्दा फरक सहमति नगरी मतगणना सूरु हुने छ ।
क्षेत्र नं. १ मा अहिले बिहान सर्वदलिय बैठक राख्ने र बैठक सकिएपछि बिहान ९ बजेबाट मतगणना सूरु गर्ने तयारी भईरहेको निर्वाचन अधिकृत टीका बहादुर थापाले जानकारी दिए । क्षेत्र नं. ३ र ४ मा गएराती नै सर्वदलिय सहमति भएको र बिहान ८ बजेबाट मतगणना सूरु हुने बताइएको छ । भने सर्लाहीका चार वटै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमा शान्तीपूर्ण रुपमा मतदान भएको छ ।

सम्बन्धित समाचार