Close This

सर्लाही सहित पाँच जिल्लामा थपियो निषेधाज्ञा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-७ गते   २८३ पटक हेरिएको

सर्लाहीमा निषेधाज्ञाको म्याद तेस्रो पटक एक साताका लागि थप गरिएको छ ।अब जिल्लामा आगामी भदौ १४ गतेसम्मका लागि निषेधाज्ञा जारी रहनेछ । कोरोना सक्रमण फैलिने क्रम नरोकिएपछि निषेधाज्ञाको म्याद थप गर्नुपरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनु भयो ।।पछिल्लो पटक साउन ३२ साउनदेखि भदौ ७ गतेसम्म र त्यसअघि साउन २६ गतेदेखि ३२ गतेसम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।
उता कास्कीका जारी निषेधाज्ञाको समयावधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको बैठकले थप ५ दिन निषेधाज्ञाको म्याद थप्ने निर्णय गरेको हो । जारी निषेधाज्ञालाई १२ गतेसम्म लम्ब्याइएको हो । निषेधाज्ञामा अत्यावश्यक बाहेकका सेवा रोक र हिडडुलमा समेत प्रतिबन्ध लगाइएको छ । यसअघि पोखरा महानगरपालिकाले निषेधाज्ञा थपका लागि सिफारिस गरेको थियो । पोखरामा हालसम्म २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तिमध्ये १ सय ५१ जना निको भएका छन । 
त्यस्तै आइतबार बसेको जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको बठैकले धनुषामा जारी निषेधाज्ञा भदौ १४ गतेसम्म बढाउने निर्णय गरेको छ ।यसअघि भदौ ७ गतेसिम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएपनि कोरोना संक्रमण फैलिने क्रम नरोकिएकाले निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनु भयो । यसअघि जनकपुरधाममा १९ साउनदेखि २५ साउनसम्म र २६ साउनदेखि ३२ साउनसम्म निषेधाज्ञा जारी गरिएको थियो ।
उता कपिलवस्तुमा जारी निषेधाज्ञा पनि थप ८ दिन लम्बिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समिति ९डीसीसीएमसी० को आइतबार बसेको बैठकबाट कोरोनाको जोखिम कायमै रहेकाले भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनु भयो । यसअघि जारी गरिएको निषेधाज्ञा भदौ ७ सम्म थियो ।
उता रुपन्देहीमा पनि जारी निषेधाज्ञा आइतबार भदौ १४ गतेसम्म थपिने भएको छ ।जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोरोना संक्रमण बढ्दै गएकाले निधेषाज्ञा १४ गतेसम्म बढाउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सीसीएमसीको वैठकले निषेधाज्ञा भदौ १४ गतेसम्म थप गर्न सिफारिस गरेको र साँझसम्म जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा आदेश जारी गर्ने बताउनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech