Close This

बसकाे ठक्करबाट एककाे मृत्यु,एक घाइते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-११-९ गते   २७६१ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १७, रानिगन्जमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । भने एक जना घाइते भएका छन् ।
आज (सोमवार) दिउँसो करिब ३ बजे फुलजोरबाट लालबन्दी तर्ल आइरहेको प्रदेश २–०३–००६ प १२० नम्वरको मोटरसाइकललाई नारायणघाटबाट विराटनगरका लागि छुटेको ना ५ ख १५६१ नम्वरको बसले रानिगन्ज चोकैमा ठक्कर दिँदा मोटरसाइकल चालक हरिवन नगरपालिका १० का आन्दाजी२२ वर्षीय निरज उप्रेतीको ज्यान गएको ईलाका प्रहरी कार्यलाय प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनुभयाे ।
उहाँका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका उप्रेतीलाई रानिगन्जमा सामान्य उपचारपश्चात थप उपचारका लागि गण्डक अस्पताल वीरगन्ज पुर्याइएकोमा साँझ करिव  ६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
भने मोटरसाइकल सवार लालबन्दी नगरपालिकाल७, बस्ने अन्दाजी २२ वर्षीया लक्ष्मी विकको भने गण्डक अस्पतालमै उपचार भई रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न बस र त्यसका चालक ईलाका प्रहरी कार्यालय लालबन्दीकाे नियन्त्रणमा रहेकन प्रहरी प्रमुख प्रहरी निरीक्षक थापाले जानकारी दिनु भयाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech