सशस्त्र प्रहरी बल,४४ नम्बर गण दार्चुलाका गणपति शसस्त्र प्रहरी उपरिक्षक त्रिभुवन विष्टको जिम्मेवारी खोसिएको छ । भ्रष्टाचार आरोप लागेका शसस्त्र प्रहरी उपरिक्षक विष्टको जिम्मेवारी खोसिएको हो ।
आफू मातहतका सुरक्षाकर्मीलाई बिदामा छाडेर राशनमा अनियमितता गरेको आरोप लागेका गणपति शसस्त्र प्रहरी उपरिक्षक विष्टको जिम्मेवारी खोसिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ। गणपति शसस्त्र प्रहरी उपरिक्षक विष्टलाई गणपतिको जिम्मेवारीबाट हटाइ तानेर छानबिन सुरु गरिएको सशस्त्र प्रहरी मुख्यालय हल्चोकले जनाएको छ ।
कार्यालयमा भएका कर्मचारीमध्ये १० देखि १५ प्रतिशतसम्म मात्रै एक पटकमा बिदामा छाड्न सकिन प्रावधान भए पनि त्योभन्दा बढी ठूलो संख्यामा सुरक्षाकर्मीलाई बिदामा राखेर गणपति शसस्त्र प्रहरी उपरिक्षक विष्टले राशनमा अनियमितता गरेको देखिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको हो । गणमा २ सय ५८ जना कार्यरत रहेकोमा गणपति शसस्त्र प्रहरी उपरिक्षक विष्टले एकै पटकमा १ सय २२ जनालाई बिदामा राखेर राशन अनियमितता गरेको आरोप छ। राशनमा अनियमितता गरेको आरोप लागेपछि छानबिनका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाको नेतृत्वमा समिति गठन गरिएको थियो। समितिले गणपति शसस्त्र प्रहरी उपरिक्षक विष्टलाई विभागीय कारबाही गर्न सिफारिस गरेपछि उनलाई हेडक्वार्टर तानिएको हो। यसअघि नै गणपति शसस्त्र प्रहरी उपरिक्षक विष्टलाई सशस्त्रको ७ नं बाहिनीले स्पष्टिकरण सोधेको थियो। यसअघि राशनमा घोटालासम्बन्धी सूचना चुहाएको आरोपमा वरिष्ठ हवल्दार नरेशसिंह साहुमाथि कारबाही अगाडि बढाइएको थियो।हाल उनी मुद्दाको पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा छन्। संगठनका गोप्य सूचना मिडियालाई लिक गराएको आरोपमा वरिष्ठ हवल्दार साहुमाथि छानविन सुरु गरिएको थियो । राशन अनियमितताको मात्रै नभएर हतियार जस्तो संवेदनशील विषयको सूचनासमेत बाहिर पठाउने गरेको आरोप उनीमाथि लागेको छ। उक्त आरोप लागेपछि गठन भएको सशस्त्र प्रहरी विशेष अदालतले वरिष्ठ हवल्दार साहुलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।
वरिष्ठ हवल्दारलाई कारबाही गरे पनि गणपति शसस्त्र प्रहरी उपरिक्षक विष्टलाई जोगाएको आरोप लाग्दै आएको थियो। चौतर्फी विरोधपछि सशस्त्रले गणपति शसस्त्र प्रहरी उपरिक्षक विष्टलाई जिम्मेवारीबाट तानेको हो। गणपति शसस्त्र प्रहरी उपरिक्षक विष्टले रासन भत्तामा अनियमितता गर्ने उदेश्यले यसरी बिदा छाडेको आरोप लागेको छ । सुरक्षा निकायमा एकसाथ यति धेरै बिदा छाड्न पाइँदैन। गणमा कार्यरत बिदामा बस्दा रासन भत्ता कटौती हुने गरेको छ।