फागुन १२ गते बृहत् शैक्षिक तथा साँस्कृतिक महाेत्सव हुने

108 Shares

सर्लाहीको बागमती नगरपालिकाले फागुन १२ गते "बृहत् शैक्षिक तथा साँस्कृतिक महाेत्सव २०८०" सञ्चालन गर्ने तयारी गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएकाे छ ।

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम नेपाल सरकार प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)काे प्रमुख आतिथ्यतामा बागमती नगरपालिका ११ स्थित स्व.सन्ताेष श्रेष्ठ स्मृति खेल मैदानमा फागुन १२ गते एकदिन "बृहत् शैक्षिक तथा साँस्कृतिक महाेत्सव २०८०" सञ्चालन गर्ने तयारीगरिएको  मंगलबार नगरपालिकाकाे सभा हलमा भएको पत्रकार सम्मेलनमा बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।

उनका अनुसार फागुन १२ गते एक दिन हुने महाेत्सव सञ्चालन गर्न करिब रु २५ लाख खर्च अनुमान गरिएको छ । नगर भित्रका २५ वटै सामुदायिक विद्यालयहरुका विद्यार्थीहरुका साथै अभिभावकहरु र स्थानीयहरुकाे विशेष उपस्थिति रहने छ ।

सम्बन्धित समाचार