ट्रक सहित २८ लाख बढीको भन्सार छलीकाे सामान नियन्त्रणमा

310 Shares

सर्लाहीकाे नवलपुर-मलंगवा सडक खण्डबाट ट्रक सहित २८ लाख बढीको भन्सार छलीकाे सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।नवलपुर मलंगवा सडक खण्ड अन्तरगत हरैयाबाट अन्दाजी मूल्य रु आठ लाख ५२ हजार छ सय ४५ बराबरको शङ्कास्पद बिजबिजक सहित विभिन्न सामान बरामद गरेको हो जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नवलपुरबाट मलङ्गवा तर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ क ००४३ नम्बरको ट्रक चेक जाँचका क्रममा लसुन,सुपारी र भटमास गरि अन्दाजी मूल्य रु आठ लाख ५२ हजार छ सय ४५ बराबरको सामान बरामद भएको हाे ।

ट्रकबाट दुई सय २२ बोरा लसुन,पाँच बोरा सुपारी र २० बोरा भटमास गरि अन्दाजी मूल्य रु आठ लाख ५२ हजार छ सय ४५ र ट्रकको अन्दाजी रु २० लाख गरि रु २८ लाख ५२ हजार छ सय ४५ मूल्य कायम गरि आवश्यक कार्वाहीकाे लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रवक्ता प्रहरी एवम प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार