Close This

इश्वरपुर १२ को एक घरमा आगलागी हुँदा एक जना धाईते, करिब ४ लाख क्षति,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-२० गते   ३२ पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिका १२, गुइडुङमा शनिवार(आज) एक घरमा आगलागी भएको छ । आगलागीमा परेर सोठाउँका ठगेन्द्र बहादुर पाख्रिनको घर पूर्णरुपमा जलेर नष्ट भएको स्थानीयवासी तेज तामाङले बताउनु भयो । उहाँका अनुसार (आज)शनिवार दिउँसो करिब ३ बजे पाख्रिनको घरमा अचानक आगलागी भएको हो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
आगालागीबाट घरसहित पाख्रिनको छोराले तिहार मनाउन काठमाण्डौंबाट पठाएको रु ५० हजार नगद, अन्नपात, लत्ताकपडा लगायत सबै सामग्री जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासले जनाएको छ । आगलागीबाट लगाउने कपडा समेत सबै जलेको छ ।
आगलागीमा परेर झण्डै रु ४ लाख बराबरको क्षति भएको छ । घरमा आगो लाग्नासाथ गाउँलेहरु मिलेर पानी हालेपनि घर जल्नबाट जोगाउन नसकेका स्थानियको गुनासो छ । आगलागीमा परेर जल्दा घरधनी ठगेन्द्रका भाई वुद्ध बहादुर पाख्रिन सामान्य घाईते भएका छन् । आगलागी भएको गुइडुङ गाउँ घारिबथानबाट झण्डै दुई घण्टा चुरेतर्फ पर्दछ । सवारी साधन जान आउन समेत सहज नसक्ने सो क्षेत्रमा दमकल समेत जान सककने अवस्था छैन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech