Close This

निजी प्रयोगशालामा समेत कोरोनाको पीसीआर परीक्षण हुने,

पत्र पत्रिका    प्रकाशित: २०७७-२-३२ गते   ४४४ पटक हेरिएको

सरकारले निजी प्रयोगशालामा समेत पीसीआर परीक्षण गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णय गर्दै निजी प्रयोगशालामा समेत पीसीआर परीक्षणमा सहभागी गराउन लागेको हो ।

निर्णयमा पीसीआर परीक्षण शुल्क समेत तोकिएको छ । अब निजीले प्रति पीसीआर परीक्षण शुल्क रु ५५०० लिन पाउनेछन् ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेलाई निजी प्रयोगशालामा सरकारले संकलन गरेका नमूना मात्रै परीक्षण गराउने निर्णय भएको बताउनु भयो ।  ‘ हामी निजी प्रयोगशालामा पनि परीक्षण गराउँछौँ र प्रतिकेश रु ५ हजार ५ सयका दरले भुक्तानी गर्नेछौँ,’ उहाले बताउनु भयो ।
उनले क्वारेन्टाइनमा रहेका र सरकारले नमूना संकलन गरेका सबैको सरकारले नै परीक्षण गर्ने स्पष्ट पार्नुभयो। ‘फेरी सर्वसाधारणको लागि पैसा तोकियो भनिएला, त्यस्तो होइन क्वारेन्टाइनमा रहेकाहरुको जो हामीले नै पीसीआर परीक्षणका लागि नमूना संकलन गरेका छौँ । हामीले ल्याव मात्रै निजीको प्रयोग गर्न लागेको हो । तर खर्च सरकारले नै बेहोर्छ । कसैमा भ्रम नहोस्,’ उहाँको भनाई छ ।
डा .गौतमलले यो निर्णय कार्यान्वयन गर्न चाहने प्रयोगशाला विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पुरा हुनुपर्ने र राष्टिय जनस्वास्थ्य प्रयोगशालाले प्रमाणित गरेको हुनुपर्ने बताउनुभयो ।यस्तै बैठकले भिसा तथा निरोगिताको प्रमाणपत्रका लागि पीसीआर परीक्षण गराउनु परेमा पाटन, वीर र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा रु ५५०० तिरेर गर्न सकिने व्यवस्था समेत गरेको उहाँले जानकारी दिनुभयो ।नेपाली हेल्थ

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech