सिन्धुलीबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब रु १५ लाख रकम संकलन भएको छ ।सिन्धुलीका विभिन्न संघ/संस्थाहरु तथा कार्यालयहरुबाट रु १४ लाख ७६ हजार आठ सय ८१ जम्मा भएको जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुलीले जानकारी दिएको छ।समितिका अनुसार भोटकोसी नदीमा आएको बाढीबाट प्रभावितहरुको खोज,उद्धार तथा राहतका लागी नेपाल सरकारले संचालनमा ल्याएको उद्धार कोषमा सो रकम जम्मा भएको हो ।
जिल्लाका संस्थागत विद्यालय,सामुदायिक वन,टोल सुधार समिति,बाल क्लब लगायत अन्य संघ/संस्थाहरु तथा व्यक्तिगत रुपमा पनि उद्धार कोषमा रकम जम्मा भएको छ।उद्धार कोषमा भगवती अंग्रजी बोर्डिङ स्कुलबाट रु एक लाख पाँच हजार र सोहि बोर्डिङको बाल क्लबबाट एक लाख ३२ हजार सात सय,मानव कल्याण समाज सिन्धुलीबाट रु २४ हजार चार सय १५, न्यू स्टार एकेडेमी बोर्डिङ स्कुलबाट रु ४५ हजार,सुर्योदय इङ्लिस बोर्डिङ स्कुलबाट रु एक लाख ११ हजार एक सय ११,लिटिल हेडर रिडर गार्डेन एण्ड मन्टेश्वरीबाट रु १५ हजार एक सय ११,साइनिङ् मुन एकेडेमीबाट सहयोग रकम संकलन भएको छ ।
यस्तै,सिन्धुली एकता सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभबाट रु ५१ हजार एक सय ११,माढीबजार २ टोल विकास संस्थाबाट रु ५१ हजार दुई सय पाँच,नेपाल वन पैदावार व्यवसायी संघ सिन्धुलीबाट रु तीन लाख,होटल संघ नेपाल सिन्धुलीबाट रु एक लाख चार हजार दुई सय ८५ र कशुमटार सामुदायिक वन उपभोक्ता समुह कमलामाई नगरपालिका–२ बाट रु ५० हजार एक सय पाँच सहयोग रकम संकलन भएको हो ।
साथै,व्यक्तिगत रुपमा कुमार श्रेष्ठले रु ४८ हजार र प्रेमचन्द्र दहालले रु ५० हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रकम जम्मा गरेका छन्।त्यस्तै,राटमाटा प्लानिङ टोल विकास संस्थाबाट रु ८२ हजार दुई सय ८१,शान्ति नगर टोल सुधार समितिबाट रु ५१ हजार, बैँकासुरेन्स क्लब सिन्धुलीबाट रु ८३ हजार तीन सय ३५ र सिन्धुली साकोसबाट रु एक लाख ११ हजार एक सय ११ गरि कुल १४ लाख ७६ हजार आठ सय ८१ सहयोग रकम जम्मा भएको हो ।