मधेस प्रदेश सरकारको आगामी आ.व.का.नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

395 Shares

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशसभामा पेश गरेको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभाको आज(बिहीबार) बसेको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रदेशसभाका सदस्यहरुले राखेको सुझाव बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गरे पछि आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशसभामा पेश गरेको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो ।
मधेस प्रदेश सरकारले बोलेर होइन काम गरेर देखाउने हुँदा काम गर्ने वातावरण बनाउनका लागि सहयोग गर्न मुख्यमन्त्री सिंहले आग्रह गरे । यसअघि नीति तथा कार्यक्रममा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्र प्रसाद सिंहले राखेको संशोधन प्रस्ताव फिर्ता लिएका थिएका छन् ।
मुख्यमन्त्री सिंहले पारित गर्नका लागि प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रमलाई उपसभामुख बबिताकुमारी राउतले निर्णायार्थ पेश गरेकी थिइन्।उक्त प्रस्ताव ध्वनि मतको आधारमा सर्वसम्मतिले पारित भएको मधेश प्रदेश सरकारका अर्थ मन्त्री भरत प्रसाद साहले जानकारी दिए।गत मंगलबार मधेस प्रदेशसभामा मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेकी थिइन् ।

सम्बन्धित समाचार