सर्लाहीमा बुधबार १५ जना संक्रमित फेला,अब १४६ पुग्यो

2.7k Shares

सर्लाहीका थप १५ जनामा कोरोना भाईरसबाट संक्रमित देखिएका छन् ।आज दिउँसो सार्वजनिक स्वाब परीक्षण रिपोर्ट अनुसार थप १५ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको हो । यो सँगै सर्लाही घर भएका एवं अन्यत्र घरभई सर्लाही बस्दै आएका १४६ जना कोरोना भाईरस संक्रमित पुगेका छन् ।
बुधबार थप भएका संक्रमितहरु धनकौल गाउँपालिकाका एक बालिका सहित १४ जना तथा ब्रम्हपुरी गाउँपालिकाका १ जना रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनु भयो । १५ जना नै भारतबाट आएर सम्बन्धित स्थानिय निकायकोे क्वारेन्टाइनमा बसिरहेका थिए ।
सर्लाहीबाटै स्वाब संकलन गरी पठाईएका मध्ये १४४ जना तथा काठमाडौंमै आफै परिक्षण गराउँदा देखिएका १ जना र सर्लाही घर भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एकजना प्रहरी नायव निरिक्षक समेत गरी १४६ जना संक्रमित पुगेका हुन् ।संक्रमित मध्ये दुईजना भने निको भएर घर फर्किसकेका छन् ।

सम्बन्धित समाचार