Close This

प्रहरीको आँखै अगाडिबाट कार अपहरण,प्रहरीले निवेदन दर्ता गरेन्

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-२ गते   ४४५ पटक हेरिएको

सर्लाहीको बरहथवाबाट कार अपहरणमा परेको छ । पुस २४ गते आईतबार दिउँसो करिब डेढबजे नेपाली नम्बरको कार अपहरणमा परेको हो । भक्तपुर को ठिमी चोक बाट सर्लाहीको बरथवा  नगरपालिका ११ दियर का लागि आएको बागमती प्रदेश ००१ च ०८४९ नम्बरको नेपाली कार अपरिचित युवाहरुको समुहले अपहरण गरेको कारमा सवार बाराको क्षेत्र नम्बर १(क)का स्वतन्त्र तर्फका उम्मेदवार समेत रहेका निजगढ नगरपालिका १२ कोलगाउँका रमण घिमिरेले जानकारी दिए ।
 उनका अनुसार  रामेछापको दोरम्भा गाउँपालिका ६ का सुभाष तिवारी र सर्लाहीको बरहथवा नगरपालिका १२ का राम जि ठाकुर भक्तपुर ठिमीबाट कारमा आएका थिए । बरहथवा नगरपालिका ५ स्थित नेपाल बैक अगाडी आफुहरु चिया खान ओर्लीएको र कारका चालक तथा कारधनी कृष्ण कुमार गुरुङ कार मै रहेको समयमा बरहथवा नगरपालिका १२ पुरैनीयाका  ठाकुर ले अरु मानिसहरु पनि लिएर आउँछु भन्दै कार लिएर गएपछि केही समय पछिबाट कारका चालक   सम्पर्क बिहीन भएका थिए । 
बरहथवा नगरपालिका १२ का ठाकुर,बरहथवा नगरपालिका ११ का  खुसीलाल मुखिया र रामदेब रायले संयुक्त रुपमा गोडैता नगरपालिका ११ मा  सोना इट्टा भट्टा सञ्चालन गरेका र रायले आफ्नो जमिन तिवारीको नाममा पास गरि गत वर्ष मेघा बैकबाट ऋण लिएका  थिए । पछि ऋण तिर्न नसकेपछि बैकले जग्गा लिलामीमा निकाल्यो लिलामी भयो  भन्दै रामेछापको दोरम्भा गाउँपालिका ६ का तिवारीले ऋण कसरी तिर्ने भनी रायलाई भेटन आउँदै गर्दा कर अपहरणमा परेको हो ।
 तिवारीका अनुसार रायले बैकलाई रु २७ लाख ५० हजार दिनु पर्ने बैकको ऋण तिर्न सल्लाह गर्न आएका थिए । भट्टा पाट्नर ठाकुरले मेरो पनि हिसाब छ। रायसंग म मिलाउछ भनी  भक्तपुर  ठिमी चोक नजिकै  आफ्नो फर्निचरबाट लिएर आएका थिए तर, घिमिरेको भनाइ अनुसार ठाकुर  को फरक याेजना रहेछ ।  जग्गा धनी तिवारी भन्छ्न मलाइ ऋणबाट मुक्त गरिदिए हुन्थ्यो। आफुहरु सवार भाडामा ल्याएको कार अपहरणमा परेको छ ।
अपहरणमा परेको बागमती प्रदेश ००१ च ०८४९ नम्बरको नेपाली कारका धनी तथा चालक गुरुङलाई अपरिचित स्थानमा लगेर लुटपाट गरि कुटपिट गरि गुरुङ भागेपछि कार लिएर फरार भएका ठाकुर सहितको टोलीले फिरौती रकम समेत माग गरेको बाराको क्षेत्र नम्बर १(क)का स्वतन्त्र तर्फका उम्मेदवार समेत रहेका निजगढ नगरपालिका १२ कोलगाउँका घिमिरेले जानकारी दिए ।“कारका चालक तथा धनी गुरुङको अवस्था अहिले चिन्ताजनक रहेको  र अस्पतालमा उपचारत अवस्थामा रहेका छन् ।
यता ईलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनजाँदा ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले कारका चालक तथा धनीलाई ल्याए आफुले कार उपलब्ध गराई दिने भन्दै अपहरणकारी कै पक्षबाट आफुहरुको निवेदन दर्ता गर्न मानेनन् ” घिमिरेले बताए । 
अपहरणकारी ठाकुरले विभिन्न नम्बरबाट फोन गरि विभिन्न स्थानमा रु ३० लाख लिएर आए कार पाउने नत्र नपाउने बताएपछि आफुहरु त्यहाँ असुरक्षित रहेको महसुस गर्दै त्यहाँबाट सुरक्षित स्थानतर्फ लागेको घिमिरेले बताए । उनका अनुसार अपहरणकारी ठाकुर केही दिन देखि चिनजानको रहेको र भक्तपुर मा फनिचर व्यापार गरेका कारण चिनजान भएकाले कारमा आफुहरुसंग आएका थिए । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech