Close This

अवैध लागु औषध सहित २ जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१२-३ गते   ८३३ पटक हेरिएको

सर्लाही प्रहरीले हरिवन नगरपालिका १ भोगटेनीबाट अवैध लागु औषध सहित २ जनालाई नियन्त्रणमा लिएको छ । हरिवन नगरपालिका १ भोगटेनीमा सवारी साधन चेकजाँचगर्ने क्रममा मोटरसाईकलमा सवार २ जनालाई ३०६ ट्याबलेट लागु औषध नाईट्राभेट १० फेला पारिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक राजेन्द्र कुमार उपाध्यायले जानकारी दिनु भयो ।
हरिवन नगरपालिका १ भोगटेनीबाट दक्षिण हरिवनतर्फ आउदै गरेको बा.५५ प.६७४५ नम्बरको मोटरसाईकललाई शंकालागि चेकजाँच गर्दा हरिवन नगरपालिका ८ चापानी बस्ने वर्ष अन्दाजी २६ का अनिल कुमार बल्मपाकी र सोही मोटरसाईकलमा पछाडी सवार सोही स्थान निवासी अन्दाजी वर्ष २३ का पारस खडकालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनिहरुलाई शंका लागी शरिर खानतलासी गर्दा उनिहरुको  साथबाट ३०६ ट्याबलेट लागु औषध नाईट्राभेट १० फेला परेको र उनिहरु सहित मोटरसाईकललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech