सर्लाहीको बरहथवा र इश्वरपुर नगरपालिकाले हरित नगर बनाउन नगरका विभिन्न स्थानहरुबाट वृक्षारोपण अभियान सुरु गरेका छन् । बरहथवा नगरपालिकाले मुर्तियाचोकदेखि नगरपालिकाको मुटु बरहथवा बजार सम्म पहिलो चरणमा सडकको दुवै तर्फ वृक्षारोपण गर्ने अभियानको सुरुवात गरेको नगर प्रमुख कल्पना कुमारी कटुवालले बताईन् । उनले मुर्तिया चोकदेखि बरहथवा बजार सम्म पुग्ने हुलाकी सडकको दुवैतर्फ वृक्षारोण गरि नगरलाई हरित नगर बनाइने बताईन् ।
त्यस्तै,इश्वरपुर नगरपालिकामा पनि सडकको दुवैतर्फ वृक्षारोपण गरि हरित नगर बनाउने अभियान सुरु भएको छ । इश्वरपुर नगरपालिकाको फुलजोर देखि बयलवास बजारसम्मको हुलाकी सडकको दुवैतर्फ वृक्षारोपण गरि हरित नगर बनाउने अभियान सुरुभएको नगरप्रमुख मनोज कुमार आचार्यले बताए । उनले फुलजोर चोकदेखि बयलवास बजार सम्म पुग्ने हुलाकी सडकको दुवैतर्फ वृक्षारोण गरि नगरलाई हरित नगर बनाउने अभिायन सुरुभएको बताए ।
दुवै नगरले हुलाकी सडकको दायाँबायाँको खाली स्थानमा वृक्षारोपण गरिने र जसका कारण नगर पनि हरियाली देखिने र वृक्षारोपणले वातावरण प्रदुषण नियन्त्रणमा सहयोग गर्नुका साथै नगर पनि सुन्दर देखिने हुँदा वृक्षारोपण अभियान सुरु गरिएको जनप्रतिनिधिहरुले बताएका छन् । नगर हरियाली बनाउन म्यागो स्टिक,गुल्मोर,कटहर,निम,अशोक लगायतका बिरुवा रोपिने उनिहरुले बताएका छन् ।