554
Shares
सर्लाहीको लालबन्दी जेसीज वर्ष २०२६ को अध्यक्षमा जेसी उत्सव वन निर्वाचित भएका छन् ।लालबन्दी जेसीज वर्ष २०२६ को नेतृत्व चयन प्रयोजनका लागि तोकिएको साखाको शनिबार सम्पन्न सातौँ वार्षिक साधारण सभा एवम साखा अधिबेशनबाट लालबन्दी जेसीज वर्ष २०२६ का लागि वनको अध्यक्षतामा तीन पदका पदाधिकारी निर्वाचित भएका हुन।
लालबन्दी जेसीज वर्ष २०२६ को कार्यकारिणी उपाध्यक्षमा जेसी अरविन्द राय यादव र जेसी बिक्रम दाहाल,उपाध्यक्षमा जेसी शेषराज न्यौपाने ,जेसी सिजन दंगाल,जेसी उमाकुमार श्रेष्ठ र जेसी रविन्द्र कुमार राय निर्वाचित भएका हुन ।