Close This

सर्लाहीमा प्रहरीकै मिलेमतोमा भन्सार छलीका सामानहरुको तस्करी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-३१ गते   ३२२ पटक हेरिएको

सर्लाही प्रहरीको मिलेमतोमा तस्करी तथा भन्सार छलीका सामानहरु सर्लाहीका विभिन्न बजारहरुमा भित्रने गरेको पाइएको छ । जिल्लाको वयलवास, लालबन्दी, हरिपुर, हरिवन, वरथवा र मलंगवा लगायतका बजारमा जिरा, मरिच र भारतिय चिनीका साथै सुर्ति, खैनी, गुट्का, कपडा लगायतका सामानहरु खुले आमरुपमा भित्रने गरेका छन् । 

जिल्ला प्रहरीका केही प्रहरी कर्माचारीहरुका साथै इलाका प्रहरी कार्यालय वयलवास केशरगञ्जका प्रहरी प्रमुख प्रहरी निरिक्षक विरेन्द्र राज गुरुङ्ग, ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापा सहितको मिलेमतोमा जिरा, मरिच र भारतिय चिनीका साथै सुर्ति, खैनी, गुट्का, कपडा,बच्चाहरुका खेलौना लगायतका सामानहरु भारतिय नम्बरका सवारी साधनहरु मार्फत खुले आम रुपमा जिल्लाको वयलवास, लालबन्दी ,हरिपुर, हरिवन, वरथवा र मलंगवा लगायतका बजारहरुमा भित्र्याउने गरेको पाइएको हो ।

बजार क्षेत्रमा त्यस्ता सामानहरु लिएर आउदै गरेको अवस्थामा प्रहरीलाई खबर गर्दा प्रहरीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउनुस भन्नुले प्रहरी र तस्करहरु विच राम्रो मिलेमतो रहेको प्रष्ट छ । घरेलु झैझगडा देखि लिएर मुद्दा मामिला, सिफारिस बनाइ दिए वापत, मिलापत्र गराइदिए वापत र नदी दोहन तथा सवारी साधनहरुबाट नियमित असुली धन्दा चलाईरहेको भए पनि प्रहरी नै मिलेर भन्सार छलीका जिरा, मरिच र भारतिय चिनीका साथै सुर्ति, खैनी, गुट्का, कपडा लगायतका सामानहरुबाट समेत खुलेआम रुपमा भित्र्याउनुले  कमिसनकोखेलमा प्रहरीहरुकै इसारामा तस्करहरु चल्ने गरेको प्रष्ट हुन्छ । इच्छाकामना न्युज

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech