Close This

प्रथम शहिद थापा मगरकाे शालिक अनावरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-११-१६ गते   २४८८ पटक हेरिएको

रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित नूनथरमा प्रथम शहीद लखन थापा मगरको स्मृति पार्क तथा शालिक अनावरण भएको छ । नेपालका प्रथम शहीद थापा मगरको आज(आईतबार) एक कार्यक्रमको आयोजना गरि स्मृति पार्क तथा शालिक अनावरण गरिएको हो ।
आईतबार मगर दिवसको अवसरमा स्मृति पार्क र शालिकको अनावरण गरिएको चन्द्रपुर नगरपालिका १ का वडा अध्यक्ष वीर बहादुर रखाल मगरले जानकारी दिनुभयाे । उहाँका अनुसार  स्मृति पार्क र शालिक निर्माणमा चन्द्रपुर नगरपालिका र वडा कार्यालयले आर्थिक वर्ष ०७७/०७८०७८/०८९ मा गरि रु ३ लाख डिपीआरसहित रु ३६ लाख खर्च भएको छ ।
स्मृति पार्क र शालिकको अनावरण मधेश प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री शत्रुधन महतोले गर्नु भएको हो । मगर दिवसको अवसरमा नगरपालिकाभित्र सार्वजनिक बिदा समेत दिएर शहीद थापा मगरको स्मृति पार्क र शालिकको अनावरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मन्त्री  महतोले
बि.स १९३३ साल फागुन २ मा तत्कालीन जहानियाराणा शासनकाे विरुद्ध आवाज उठाउँदा  मारिएका थापा मगरलाई नेपालका पहिलो शहीद घोषणा गरिएको र याे क्षेत्रकाे विकास र व्यवस्थापनमा मधेश प्रदेश सरकार सदैव लागि रहने बताउनु भयाे । उहाँका अनुसार सहिद थापा मगरकाे सम्झनामा राज्यले समिक्षात्मक हिसावले लाग्नु पर्छ र लाग्छ भन्ने बताउनु भयाे ।   नेपाल मगर संघको ४० औं स्थापना दिवसको अवसर पारेर शहीद थापा मगरको स्मृती पार्क र शालिक अनावरण गरिएको हो ।  गाेर्खाकाे बुङ्काेट घर भएका उनकाे मधेश प्रदेशमै पहिलाे स्मृति पार्क र शालिक चन्द्रपुर नगरपालिका १ काे ऐतिहासिक पर्यटकिय क्षेत्र नुनथरमा निर्माण गरिएको हाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech