Close This

हरिहरपुरगढीमा भदौ १५ सम्म लक डाउन गरिने, ५ नम्बर वडा कार्यालय मै क्वारेन्टाइन निर्माण हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-३२ गते   ८५४ पटक हेरिएको

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको विपद व्यावस्थापन समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष कारसाङ लामाको अध्यक्षतामा बसेको विपद व्यावस्थापन समितिको बैठकले गाउँपालिकाको वडा नम्बर २ मा सञ्चालन गरेको  क्वारेन्टाइनलाई वडा नम्बर ५ मा सार्ने निर्णय गरेको छ । भने वडा नम्बर ५ को वडा कार्यालयलाई अन्यन्त्रै भाडामा सञ्चालन गर्ने निर्णय गरेको वडा नम्बर ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता झलक कुमार माझिले जानकारी दिनु भयो ।

वडा नम्बर ५ ले आफ्ना नागरीकको सुरक्षाको लागि भन्दै बरु आफ्नो वडा कार्यालय भाडा मै भएपनि अन्यन्त्रबाट सञ्चालन गर्ने तर नागरीकलाई समस्या नआयोस भनेर आफ्नो कार्यालय क्वारेन्टाईनको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको हो । साथै अन्य वडाहरुमा क्वारेन्टाईनका लागि उपयुक्त भवन नरहेकोका कारण आफ्नो भवन क्वारेन्टाईनका लागि दिएको वडा अध्यक्ष माझीले बताउनु भयो ।
पछिल्लो समय समुदायस्तरमा कोरोना फैलिन थालेपछि गाउँपालिकाले आफ्नो तयारीलाई थप व्यापक बनाएको हो । त्यस्तै भदौ १ गतेदेखि भदौ १५ गते सम्म गाउँपालिकाका अत्तिआबश्यक बाहेकका  सम्पुर्ण सेवाहरु समेत बन्द गरेको छ । जिल्लामा अरु स्थानिय निकायहरुले आफ्नो स्थानिय निकायमा अति आवश्यक बाहेकका सेवाहरु बन्द गरेपछि हरिहरपुरगढी गाउँपालिकाले पनि अति आवश्यक बाहेकका सेवाहरु बन्द गर्नुको साथै सबै आवत जावत समेतमा रोक लागएको छ ।
त्यसैगरी व्यापार व्यावसायहरु पनि हरेक दिन बिहान ७ बजे देखि ९ बजेसम्म मात्रै खोल्न पाइने निर्णय गरेको प्रवक्ता माझीले बताउनु भयो । भने आफ्नो व्यापार व्यावसाय सञ्चालन गर्दा  स्वास्थ्य सुरक्षाको पालना अनिवार्य गर्नु पर्ने गाउँपालिकाले निर्णय गरेको छ । 
त्यसैगरी गाउँपालिका प्रवेश गर्ने नाकाहरु केमल्चुली, धिमिले,झप्सी र गुर्जी नाका पनि बन्द गर्ने र आवत जावतमा बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष लामाले बताउनु भयो । सामुदाय स्तरमा कोरोना भाईरस फैलिन थालेपछि आफ्नो गाउँपालिकाका नागरीकहरुमा कोरोना भाईरस नफैलियोस भनेर सिमा नाकामा समेत सुरक्षा सर्तकता अपनाईएको गाउँपालिकाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech