काेशी प्रदेशका दुई जिल्लाका १ सय २६ जना विपन्न महिलालाई धुँवा रहित आधुनिक स्टाेभ वितरण

935 Shares

दुर्गा कुमारी अधिकारी 
काेशी प्रदेशका २ जिल्लाका १ सय २६ जना  विपन्न महिलाहरुलाइ धुवाँ रहित आधुनिक स्टाेभ वितरण गरिएको छ । काेशी प्रदेशकाे सुनसरी र उदयपुरका विभित्र स्थानीय तहहरुका विपन्न महिलालाई धुँवा रहित आधुनिक स्टाेभ वितरण गरिएको हाे ।
आड्रा नेपालको सहयोग र बागमती सेवा समाज हरिवन सर्लाहीको सहजीकरणमा उयपुरकाे चौदण्डीगढी नगरपालिकाका १९ जना, रौतामाई गाउपालिकाका १९ जना र वेलका नगरपालिकामा ४१ जना गरि ७९ विपन्न महिलालाई जापानिज प्रविधीको आधुनिक स्टाेभ वितरण गरिएको बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिए । 
उनका अनुसार सुनसरीको कोशी गाउँपालिकाका १८ जना र भोक्राहा नरसिंह गाउँपालिकाका २९ जना गरी जम्मा ४७ जना विपन्न महिलाहरुलाई जापानिज प्रविधीको आधुनिक स्टाेभ  वितरण गरिएको हाे । 
सुनसरी र उदयपुरमा रहेका गरीब तथा स्वास्थ्य सेवामा पहुच कम भएका विपन्न महिलाहरुलाई लक्षित गरि आधुनिक स्टाेभ वितरण गरिएको हो ।
खासगरी पाठेघर परिक्षण तथा उपचार अन्तर्गत लाभान्वित भएका विपन्न महिलाहरुलाई दाउराको प्रयोग गरी उत्पन्न हुने धुँवा,धुलो तथा दाउराको भारी वोक्दा पाठेघरमा अझ वढि समस्या आउन सक्ने हुँदा सो समस्याहरुलाई न्यूनिकरण गर्न धुँवा रहित आधुनिक जापानिज स्टाेभ वितरण गरिएको बागमती सेवा समाज हरिवनका कार्यकारी निर्देशक निरज भण्डारीले जानकारी दिए ।
उनका अनुसार ४ लिटर सम्मको क्षमता भएको अति आधुनिक चुल्हो धुँवा रहित,सरल तथा सहज रुपमा प्रयोग गर्न सकिने छ ।

सम्बन्धित समाचार