Close This

सिन्धुलीमा २५ शैयाकोआइसोलेसन वार्ड तयार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-३२ गते   ४३३ पटक हेरिएको

सिन्धुलीको एपोले अस्पतालमा २५ शैयाको सुविधा सम्पन्न आइसोलेसन वार्ड स्थापना गरिएको छ । अस्पतालमा स्थानिय सरकार,जनप्रतिनिधि र राजनैतिक दलको विशेष सहयोगमा आइसोलेसन वार्ड निर्माण गरिएको सिन्धुली अस्पतालका अध्यक्ष प्रह्लाद कुमार पोख्रेलले जानकारी दिनुभयो।
तयार पारीएकोआइसोलेसन वार्डमा १५ जना कोरोना संक्रमितको व्यावस्थापन गरिएको पोख्रेलले बताउनु भयो । हाल बन्द रहेको एपोलो अस्पताललाई आइसोलेसन वार्ड बनाइएको हो ।

जिल्लामा बढ्दो सङ्क्रमित सङ्ख्यालाई ध्यानमा राख्दै आइसोलेसन वार्ड स्थापना गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार सिन्धुलीमा पनि समुदाय स्तरमा कोरोना भाईरस फैलिन थालेपछि कोरोना संक्रमितलाई व्यावस्थापन गर्न आइसोलेसन वार्डकोव्यावस्थापन गरिएको हो ।
आइसोलेसन वार्ड क्षेत्र परिसरमा नेपाल प्रहरीलाई सुरक्षाका लागि खटाइएको छ । आवश्यक परेको अवस्थामा आइसोलेसन वार्डको क्षमता थप्न सकिने अध्यक्ष पोख्रेलले बताउनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech