इश्वरपुरमा मेयर कप वडा स्तरिय नक आउट फुटबल प्रतियोगिता

417 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिकामा मेयर कप वडा स्तरिय नक आउट फुटबल प्रतियोगिता सुरु भएको छ।ईश्वरपुर नगरपालिका ८ रामपुरस्थित खेल मैदानमा असोज १७ गतेबाट इश्वरपुर नगरपालिका मेयर कप वडा स्तरिय नक आउट फुटबल प्रतियोगिता सुरु भएको हो ।असोज २४ गतेसम्म संचालन हुने प्रतियोगितामा नगर भित्रका १५ वटै वडाले सहभागिता जनाएका आयोेजक इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको बिजेताले रु ५१ हजार नगद,उपबिजेताले रु ३१ हजार नगद र  तेस्रो हुने टिमले रु ११ हजार नगद प्राप्त गर्ने छन्।प्रतियोगितामा पहिलो खेलमा युनिभर्सल युवा क्लब मनहर्वाले जनजागृति युवा क्लब रामपुरलाई ५–३ गोल अन्तरले पराजीत गरेको छ।नेपालीहरुको महान चाड वडादशैँको शुभकामना अदान प्रदान गर्ने र स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने उद्धेश्य सहित इश्वरपुर नगरपालिका मेयर कप वडा स्तरिय नक आउट फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । 
मेयर कप वडा स्तरिय नक आउट फुटबल प्रतियोगिताको दोस्रो दिन शुक्रबारको खेलमा इश्वरपुर नगरपालिका ४ स्थित सागरनाथले इश्वरपुर नगरपालिका २ राइटरखोर मियाखोरलाई ६–५ गोलअन्तरले पेनाल्टी सुट आउटमा हराएको छ ।त्यस्तै शुक्रबार नै भएको अर्काे खेलमा वडा नम्बर ३ भक्तिपुर तीन घरियाले इश्वरपुर ५ सखुवनी फूलजोरलाई १–० गोल अन्तरले पराजित गरेको हो ।असोज १९ गते शनिबार पहिलो खेल वडा नम्बर १० खैरा बेला र वडा नम्बर १५ बगहर्वा सोकनाहा बिच हुने साथै दोस्रो खेल वडा नम्बर १२ घारीबथान र वडा नम्बर १३ हरकटवा श्रीनगर बिच दिनको हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार