Close This

परवानीपुरमा खोलामा डुबेको अवस्थामा शव फेला

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-२४ गते   २७४ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालीका १६ परवानीपुरमा शनिबार बिहान एक ब्यक्तिको शव फेला परेको छ । लालबन्दीनगरपालिका १५ मा रहेकोे सिँचाई गर्न बनाईएको बाँधको ड्याममा लालबन्दी  १६ बस्ने अन्दाजी ५० बर्षका हित बहादुर दाहालको शव फेला परेको प्रहरीले जनाएको छ । 
अन्यन्त्रबाट शुक्रबार घर आएका दाहाललाई स्थानीयबासीले घरभन्दा पर बस्न आग्रह गरेका थिए । अस्थायी प्रहरी पोष्टको बन्दै गरेको भवनमा बसेका दाहालको शनिबार बिहान खोलामा डुबेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक नारायण थापाले जानकारी दिनु भयो । 
बाँधको ड्याममामा फेला परेको शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल मलंगवा पठाईएको प्रहरी निरिक्षक थापाले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech