Close This

सर्लाही ट्राफिकद्वारा साउन महिनामा रु १८ लाख भन्दा बढी राजस्व संकलन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-८ गते   ७६ पटक हेरिएको

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७८÷०७९ को पहिलो महीना (साउन)मा रु १८ लाख भन्दा बढी राजस्व संकलन गरेको छ । सबै प्रकारका सवारी साधनहरुलाई कारबाही गरी १ महिनाको अवधिमा रु १८ लाख ४४ हजार ५ सय राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुख प्रहरी निरिक्षक केदारमान दोङले जानकारी दिनु भयो ।
सो अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ८ सय ५० ओटा सवारीसाधनलाई कार्यालयले कारबाही गरेको छ । साउन महिनामा मोटरसाइकलहरुलाई कार्बाही गरी  रु ८१ हजार र ट्याक्टरलाई कारबाही गरी रु ३ लाख ११ हजार ५ सय राजस्व संकलन गरेको हो । 
यस्तै, कार÷जीप÷भ्यानहरुलाई कार्बाही गरी रु ३ लाख ८० हजार ५ सय राजस्व संकलन भएको छ । कार्यालयले ट्रकबाट रु १० लाख २२ हजार ५ सय, बसबाट रु ४६ हजार तथा अन्य सवारीसाधनबाट रु ३ हजार गरि कुल रु १८ लाख ४४ हजार ५ सय राजस्व संकलन गरेको हो ।
निषेधाज्ञा शुरू भएयता कारबाहीको संख्या र राजस्व संकलन पनि तुलनात्मक रूपमा साउन महिनामा कम भएको कार्यालय प्रमुख प्रहरी निरीक्षक दोङले बताउनु भयो । उहाँका अनुसार  ट्राफिक चेकिङमा कडाइ गरिरहेको भएपनि राजश्व कम संकलन भएको छ । साउनमा ५२ वटा दुर्घटनामा परेर  ५ जनाको मृत्यु भएको छ भने २९ जना सख्त घाईते ६६ जना तथा सामान्य घाइते भएका छन् । एक महीनाको अवधिमा जम्मा ५२ वटा दुर्घटना भएका ट्राफिक प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech