सूर्य देवताको उपासना गरी मनाईने छठ पर्व मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सकिएको छ ।पछिल्लो समय साझा रुपमा बनाउन थालिएको छठ पर्व सोमबार साँझ अस्ताउँदो सूर्य र मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व सकिएको हो ।
व्रतालुले नजिकको खोला तथा नदी किनार,पोखरी,नहरलगायतका जलाशयमा बनाइएको छठघाटमा पानीभित्र चुर्लुम्म डुबेर सोमबार साँझ अस्ताउँदो सूर्यलाई र मंगलबार बिहान उदाउँदो अर्घ चढाएपछि छठ पर्व सकिएको हो ।लालबन्दी, ईश्वरपुर, हरिवन, बागमती, बरहथपा, हरिपुरलगायत पालिकामा सबै समुदाय र वर्ग मिलेर छठपर्व मनाएका छन्।छठपर्वले सबै समुदाय र जातजातिलाई एकैठाउँमा जोड्ने काम गरेको स्थानीय जानकारहरु बताउँछन् ।
पारिवारिक सुख–समृद्धि, र सन्तानको कल्याणको कामनासहित कात्तिक शुक्ल षष्ठी तिथीका दिन छठपर्व मनाउने गरिन्छ ।छठ पर्वको अवसरमा संघीय सरकारले सोमबार देशभर सार्वजनिक बिदा दिएको थियो भने मधेश प्रदेशमा प्रदेश सरकारले मंगलबार थप एक दिन प्रदेशभर बिदा दिएको छ ।