नेपाल चेम्वर अफ कर्मस सर्लाही शाखाको गठन

2.6k Shares

सर्लाही जिल्ला नेपाल चेम्वर अफ कर्मसको गठन गरिएको छ । व्यपारीहरुको हक हितको क्षेत्रमा काम गर्ने साझा संस्थाको रुपमा २००९ सालमा गठन भएको चेम्वर अफ कर्मसको ७० औँ शाखाको रुपमा सर्लाहीमा पनि जिल्ला चेम्वर अफ कर्मसको गठन गरिएको हो ।
साना तथा ठुला गरि करिब ७ हजार भन्दा बढीकोे संख्यामा सर्लाही जिल्लामा व्यावसायीहरु रहेका छन । जस मध्य जिल्ला नोपल चेम्वर अफ कर्मसमा ५ हजार जना व्यापारी व्यावसायीहरुलाई आवद्ध गराउने आफुहरुको लक्ष्य रहेको  जिल्ला नेपाल चेम्वर अफ कर्मस सर्लाहीले जनाएको छ । 
रामभक्त प्रधानको अध्यक्षतामा गठन भएको जिल्ला चेम्वर अफ कर्मसमा १९ सदस्यीय समिति गठन गरिएको हो । जसको महा सचिव सुसिल कुमार चालिसे,हरिमन ठाकुर सचिव,एका कुमारी प्रसाई कोषाअध्यक्ष रहनु भएको छ भने बैकुण्ठ सापकोटा,लालबाबु महत्तो र गजेन्द्र प्रसाद गुप्ता उपाअध्यक्षमा चयन हुनु भएको छ ।
जिल्ला नेपाल चेम्वर अफ कर्मसको गठन पछि जिल्लामा रहेका साना तथा  ठुला  व्यापारी व्यावसायीहरुको हितमा काम हुने र आफ्नो अधिकारबाट बञ्चीत हुनुपर्ने अवस्थाको अन्त्य भएको जिल्ला नेपाल चेम्वर अफ कर्मस सर्लाहीका महा सचिव चालिसेले बताउनु भयो । हनिबार एक कार्यक्रमको आयोजना गरि गठित समिति सार्वजनीक गरिएको हो ।
उद्योग बाणिज्य महासंघले साना तथा तल्लो तहका व्यापारी व्यावसायीहरुका माग सम्बोधन नगरेको र गलत व्यापारीहरुलाई प्रशय दिएका कारण आफुहरु जिल्ला नेपाल चेम्वर अफ कर्मस गठन गर्न बाध्य भएको जिल्ला नेपाल चेम्वर अफ कर्मस सर्लाहीका सल्लाहकार नवराज मिश्रले बताउनु भयो। गलत तथा गैर कानूनी तरिकाबाट काम गर्ने व्यापारीहरुलाई  नियन्त्रण गर्दै ईमान्दारीताका साथ काम गर्न व्यापारी व्यावसायीहरुलाई जिल्ला नेपाल चेम्वर अफ कर्मस सर्लाहीका अध्यक्ष रामभक्त प्रधानले आग्रह गर्नु भयो ।

सम्बन्धित समाचार