सर्लाहीको लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दी,“नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१”का लागि “बोरा”उत्कृष्ट कृति छनोट भएको छ ।स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरूमध्येबाट अखण्ड भण्डारीकृत “बोरा”आख्यानले “नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१”हात पारेको हो ।
“बोरा”लाई स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेको उत्कृष्ट कृति छनोट गरेका परिषद्ले एक विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ।लालबन्दी नगर वाङ्मय परिषद्ले“नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१”का लागि उत्कृष्ट दश कृतिहरू २०८१ साउन १३ गते एक प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको परिषद्का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिए ।उनकाअनुसार त्यस मध्य “नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१”का लागि “बोरा”उत्कृष्ट कृति छनोट भएको हो ।
“लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार–२०८१” स्थानीय शङ्कर श्रेष्ठले पाउने भएका छन्।लालबन्दी नगर वाङ्मय स्थानीय प्रतिभा पुरस्कारको राशि रु.२५ हजार र लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार –२०८१ (राष्ट्रिय) को पुरस्कार राशि रु. ५० हजार रहेको लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अधिकारीले बताए ।परिषद्ले पुरस्कारहरू वि.सं.२०८१ मङ्सिर १५ गते शनिवार लालबन्दीमा प्रदान गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
लालबन्दी नगर वाङ्मय परिषद्ले साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार–२०८१ रोचक घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ। साहित्यका माध्यमबाट क्रुर जहानियाँ राणा शासनको अन्त्यका लागि होमिँदा होमिँदै सहिद बन्न पुगेका“मकै”पुस्तकका लेखक कृष्णलाल अधिकारीको स्मृतिमा पुरस्कार कोषको स्थापना गरिएको र सोही कोषको ब्याजको रकमबाट उक्त पुरस्कार वर्ष २०८१ बाट प्रदान गर्न प्रारम्भ गरिएको परिषद्ले जनाएको छ।नेपाली भाषा तथा साहित्यका क्षेत्रमा दीर्घसेवा गरेका घिमिरेलाई उक्त पुरस्कार राशि रु ५० हजार प्रदान गर्ने निर्णय गरेको परिषद्ले जनाएको छ ।