निजगढमा औद्योगिक करिडोर निर्माण गर्न उद्योग वाणिज्य संघको माग

277 Shares

बाराको निजगढमा औद्योगिक करिडोर निर्माण गर्न माग गर्दै निजगढ नगर उद्योग वाणिज्य संघले नगरपालिकाको ध्यानाकर्षण गराएको छ।निजगढमा औद्योगिक करिडोर निर्माण गरि उद्योग स्थापना तथा सञ्चालनका लागि उपयुक्त वातावरण निर्माण गर्न माग राख्दै  निजगढ नगर उद्योग वाणिज्य संघले निजगढ नगरपालिकाको ध्यानाकर्षण गराएको हो ।
पूर्व–पश्चिम राजमार्ग नजिकै बकैया खोलाको पूर्वी–दक्षिणी क्षेत्रमा पर्ने नदी उकास जग्गालाई व्यवस्थित रूपमा उपयोग गरी औद्योगिक करिडोर निर्माणको प्रक्रिया अघि बढाउन नगरपालिकाको ध्यानाकर्षण गराएको निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
बकैया खोलाको नदी उकास जग्गामा निजगढ नगर उद्योग वाणिज्य संघले नगरपालिकाको निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बकैया खोलाको नदी उकास जमिनलाई सदुपयोग गर्दै औद्योगिक करिडोर निर्माणका लागि आवश्यक अध्ययन,समन्वय र कानुनी प्रक्रिया यथाशीघ्र सुरु गर्न आग्रह गरेका छन्। निजगढ नगर उद्योग वाणिज्य संघको ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख पुरीले नगरपालिकाको ध्यानाकर्षण भएको र आवश्यक काम कारबाहीका लागि नगरपालिकाले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

c74239c2-fd37-4f7b-b7c3-b68de0fc7228.jpg
निजगढ नगरपालिकाभित्र उद्योग स्थापना गरी सञ्चालन गर्न विभिन्न उद्योगपति, व्यवसायी तथा लगानीकर्ताहरू इच्छुक रहेका भएपनि उपयुक्त स्थानको व्यवस्थापन नहुँदा समस्या भई रहेको अवस्थामा निजगढमा विभिन्न प्रकृतिका उद्योग स्थापना गर्न सकिने सम्भावना रहेकाले बकैया खोलाको नदी उकास जग्गालाई औद्योगिक प्रयोजनका लागि उपयोग गर्नुपर्ने उद्योग बाणिज्य संघले माग गरेको छ ।प्रस्तावित क्षेत्रलाई व्यवस्थित रूपमा विकास गरी औद्योगिक करिडोर निर्माण गर्न सकेमा स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना हुनुका साथै व्यापार,व्यवसाय र उत्पादनमूलक गतिविधि विस्तार गर्न सहयोग पुग्ने संघले विश्वास दिएको छ। 
त्यस्तै,निजी क्षेत्रको लगानी आकर्षित गर्न,स्थानीय उत्पादनको प्रवद्र्धन गर्न र नगरको आर्थिक गतिविधि बढाउन समेत औद्योगिक करिडोरले महत्वपूर्ण योगदान पु¥याउन सक्ने अपेक्षा गरिएको छ।सम्भावित उद्योगपति,व्यवसायी तथा लगानीकर्ताहरूसँग समन्वय गरी निजगढमा उद्योग स्थापना गर्न सकिने वातावरण निर्माणका लागि आवश्यक पहल गर्न नगरपालिकासंग पटक पटक आग्रह गर्दैै आएको संघका अध्यक्ष श्रेष्ठले बताए ।
औद्योगिक करिडोर निर्माणको प्रस्ताव कार्यान्वयन गर्न प्रस्तावित जग्गालाई कानुनी प्रक्रिया पूरा गरी नगरपालिकाको स्वामित्व वा अधिकार क्षेत्रभित्र ल्याउन आवश्यक पहल गर्नुपर्ने संघले जनाएको छ।त्यसका लागि जग्गाको स्वामित्व,कानुनी अवस्था तथा औद्योगिक प्रयोजनका लागि उपयोग गर्न सकिने सम्भावनाबारे आवश्यक अध्ययन गरी सम्बन्धित निकायसँग समन्वय गर्नुपर्ने संघले औल्याएको छ ।

सम्बन्धित समाचार