Close This

अविरल वर्षाका कारण सरकारी कार्यालयहरु डुबान

रासस    प्रकाशित: २०७७-४-४ गते   ५०० पटक हेरिएको

आइतवार बिहानदेखि निरन्तर भइरहेको वर्षाले जिल्ला सदरमुकाम मलंगवाका विभिन्न सरकारी भवनहरु तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन । भारी वर्षाले सर्लाही सदरमुकाम मलंगवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका हुन । 
सदरमुकाम मलंगवाको बाल मन्दिर, नगरपालिका चौक, बसपार्क लगायतका क्षेत्र जलमग्न भएको स्थानीय व्यापारीहरुले बताएका छन । निरन्तर वर्षा भइरहँदा जिल्लाका विपन्न, सुकुम्वासी र पिछडिएको दलित परिवार प्रभावित भएका छन् । जिल्लाको बाग्मती, लखन्देही, फूलजोर, कालिन्जोर, बाँके, मनुष्मारा, झिम लगायतका खोलामा जल सतह बढेको छ । खोलाले केही ठाउँमा खेतीयोग्य जमिन कटान समेत गर्न सुरु गरेको जिल्लाका किसानहरुले बताएका छन ।
‘गहिरो स्थानमा रहेका र निकास नरहेका ठाउँहरुमा पानी जमेपनि जनधनको क्षति कतै नभएको’ प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनु भयो ।आइतवारकै तुलनामा  पानी परिरहे डुबानको समस्या बढ्न सक्ने प्रमुख जिल्ला अधिकारी जिसीको भनाई छ ।
मनुसन सक्रिय भई केही दिन वर्षा हुने अनुमान गरेकाले नदी तथा खोला किनारका छेउ र चुरेभेगमा बसोवास गरिरहेका नागरिकलाई सचेत हुन स्थानीय प्रशासनले आग्रह गरेको छ । यस्तै वर्षाको पानीले जिल्लाको पूर्व–पश्चिम हुलाकी र अन्य भित्री सडकहरु समेत हिलाम्मे हुँदा जनजीवन प्रभावित बनेको छ ।
भने सर्लाहीको कर्णाली भनेर मानिने नारायणखोलामा आइतवार बिहानैदेखि परेको अविरल वर्षाका कारण सवारी आवातजावत ठप्प भएको छ । लालबन्दी बजारसम्म आउने वैकल्पीक सडकको व्यावस्था नभएको मार्ग लखन्देही खोलामा ठूलो बाढी आएकाले सवारी साधन तथा मानिसको ओहोरदोहोर रोकिएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech