नेपाल उद्योग तथा व्यावसायी महासंघ सर्लाहीमा उप्रेतीको अध्यक्षतामा २३ सदस्यीय समिति सर्व सहमत चयन

गणेश खड्का    प्रकाशित: २०८०-४-२० गते   ४२१ पटक हेरिएको

नेकपा(एमाले) निकट नेपाल उद्योग तथा व्यावसायी महासंघ सर्लाहीको प्रथम जिल्ला अधिवेशनबाट पदाधिकारी एवम सदस्यहरु सर्वसहमत चयन भएका छन् ।
नेपाल उद्योग तथा व्यावसायी महासंघ सर्लाहीको प्रथम जिल्ला अधिवेशनले दिनेश प्रसाद उप्रेतीको अध्यक्षतामा २३ सदस्यीय कमिटि सर्वसहमत रुपमा चयन गरेको नव निर्वाचित सचिव राजन केशीले जानारी दिए ।
उनका अनुसार उपाअध्यक्षमाअर्जुन बहादुर खड्का र खुल राज शर्मा,कोषअध्यक्षमा भोजेन्द्र सिंह,उप सचिवमा राम कैलाश साह,सुन्तली योञ्जन र जयलाल सहनी र सह कोष अध्यक्षमा देवी खरेल सहित सबै सदस्यहरु सर्व सहमत रुपमा चयन भएका छन् ।
लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा भएको नेकपा(एमाले) निकट नेपाल उद्योग तथा व्यावसायी महासंघ सर्लाहीको प्रथम जिल्ला अधिवेशनको विष्णु बहादुर थापाले अध्यक्षता गरेका थिए भने नेकपा(एमाले)का सचिव एवम मधेश प्रदेश इन्चार्ज योगश भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सुमन प्याकुरेल,पोलिटब्युरो सदस्य एवम निवर्तमान मन्त्री ज्वाला साह,केन्द्रीय सदस्य रञ्जना सरकार,कमलादेवी महतो र बरहथवा नगरपालिकाकी नगवर प्रमुख एवम केन्द्रीय सदस्य कल्पना कुमारी कटुवाल लगायतको उपस्थिति रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech