समाजवादी मोर्चा बाराको पहिलो बैठक सम्पन्न

322 Shares

समाजवादी मोर्चा नेपाल बाराको पहिलो बैठक सम्पन्न भएको छ।नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य शिला यादवको अध्यक्षतामा समाजवादी मोर्चा नेपाल बाराको पहिलो बैठक सम्पन्न भएको । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम बारा इन्चार्ज जनक राउतले जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य यादवको अध्यक्षतामा नेकपा.(एकिकृत समाजबादी) पार्टीको जिल्ला पार्टी कार्यालय कलैया बारामा बसेको मासजावदी मोर्चा बाराको पहिलो बैठकले सामाजवादी मोर्चा बाराको गठन र भारतको उडिसा रहेको के.आई.आई.टी.कलेजमा अध्ययन अध्यनरत्न छात्राको रहस्मयी मृत्युले विभिन्न शंका उपशंका उत्पन्न भएको साथै कलेज प्रशासनले नेपाली विद्यार्थीहरु माथी गरेको दमन,निष्कासन र आमानवीय व्यवहार प्रती समाजावादी मोर्चा बाराले घोर भत्र्सना गर्दै निष्पक्ष जाँच गर्न माग गरेको समाजवादी मोर्चा बाराका संयोजक एवम नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बारा इन्चार्ज जनकले बताए ।समाजवादी मोर्चामा नेकपा(माओवादी केन्द्र),नेकपानेकपा(एकिकृत समाजवादी),नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी सम्मिलित रहेका छन् ।
समाजवादी मोर्चा के हो ?
परिवर्तनको रक्षा र लोकतन्त्रको सुदृढीकरणको नारासहित सरकारको माओवादी केन्द्र सहितका चार दलले समाजवादी मोर्चा घोषणा गरेका हुन।समाजवादी मोर्चा राजनीतिक परिवर्तनविरुद्ध लाग्नेहरूका विरुद्ध परिवर्तनशिल शत्तिहरु एक ठाउँमा गर्नका लागि गठन गरिएको हो ।
मोर्चा सबै सकारात्मक शक्तिहरूलाई एकताबद्ध गरेर अगाडि बढ्दै गएको मोर्चामा आवद्ध भएका नेताहरुले बताएका छन्।एउटा नयाँ अभियान,एउटा नयाँ युगतिर देशलाई लैजाने,सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ युगतिर देशलाई लैजाने,सबै सकारात्मक शक्तिहरूलाई एकताबद्ध गरेर अगाडि जाने प्रक्रियाको सुरुवात स्वरुप सामाजवादी मोर्चा गठन भएको नेताहरुले बताएका छन् ।
समाजवादी मोर्चा घोषणा भएसँगै किन चाहियो मोर्चा?मोर्चाले सत्तारुढ दलमा कस्तो असर पर्ला ? राजनीतिमा यसको अर्थ कस्तो रहला र मोर्चा पार्टीमा रूपान्तरण हुन्छ कि हुँदैन?भन्ने चासो बढेको  छ ।नेपालमा समाजवाद आएपछि मात्रै विश्राम लिने भन्दै मोर्चा गठन भएको हो । 
अल्पकालीन वा छिनछिनमा सरकार बनाउने वा ढाल्ने नभई दीर्घकालीन वा रणनीतिक खालको सरकार बनानाउँदै संविधानको रक्षासँगै कार्यान्वयन गर्ने,संविधानलाई समयसापेक्ष अग्रगामी संशोधन वा परिमार्जन गर्ने,विकासका साथै शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता दिने,संघीय शासन प्रणालीमा आधारित समतामूलक,न्यायपूर्ण र विभेदरहित समाजवादी गणतन्त्रात्मक व्यवस्था स्थापना गर्न अग्रसर रहने भन्दै मोर्चा गठन भएको नेताहरुले बताएका छन्।
नेपालको नयाँ संविधानले राजनीतिक रूपमा एउटा युगान्तकारी परिवर्तनलाई संस्थागत गरेको छ। समतामूलक र प्रगतिशील सामाजिक,आर्थिक रूपान्तरणको ढोका खोलेको छ।यद्यपि केही संरचनागत समस्या,अक्षम राजनीतिक नेतृत्व र सत्तालोलुप गठबन्धन संस्कृति आदिका कारण मुलुक सधैँ राजनीतिक अस्थिरताको भुमरीमा फस्न पुगेको छ,प्रतिगमनको खतरा उत्तिकै बढेको छ।यस्तो अवस्थामा देशको राजनीतिक स्थायित्व,शान्ति र समृद्धिमा लागि समुन्नत समाजवादमा आधारित एउटा अग्रगामी,प्रगतिशील,लोकतान्त्रिक एवम रूपान्तरित सशक्त समाजवादी शक्ति निर्माणको आवश्यकता रहेको बताउँदै विचार र मुद्दा मिल्ने पक्ष,समूह,व्यक्ति र व्यक्तित्वसँग सहकार्य र एकताको थालनी अपरिहार्य रहेकाले समाजवादी मोर्चा गठन गरिएको माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)ले बताए ।
उनले“नयाँ,अग्रगामी,प्रगतिशील–लोकतान्त्रिक चेतना तथा विचार भएको संगठन,संर्घष र नेतृत्व सबै हिसाबले नयाँ ढङ्गको वास्तविक समाजवादी सोच भएको बलियो शक्तिविना देश अग्रगमनमा जान सक्दैन।त्यसो हुँदा प्रगतिशील तथा अग्रगामी राजनीतिका पक्षधरले नयाँ समाजवादी ध्रुविकरण गरी अभियानात्मक रूपमा नयाँ समाजवादी विचार र आन्दोलन निर्माण गर्न जरुरी रहेकाले  समाजवादी मोर्चा गठन भएको हो।”बताए ।माओवादी केन्द्र मधेश प्रदेशको इन्चार्जमा मातृका यादव आएपछि मोर्चा थप सक्रिय भएको हो ।

सम्बन्धित समाचार