सरकार परिवर्तन संगै सिमा क्षेत्रबाट अवैध ओसार पोसार (तस्करी) धन्धा फस्टाउन थालेको पाइएको छ।यस अघिको सरकारले सिमा क्षेत्रबाट हुने अवैध ओसार पोसार नियन्त्रणमा केही हद सम्म कडाइ गरेको भए पनि सरकार फेरिए संगै तस्करी धन्धा पुनःफस्टाउन थालेको पाइएकोे हो ।अर्थतन्त्र उकास्न सिंगो राज्य संयन्त्र लागी परेको बेला पछिल्लो केही समय देखि भारतीय सिमासंग जोडिएका केही जिल्लाहरुको सिमानाकाबाट अवैध तस्करी संचालनमा आएको समाचार बुझिन आएको छ ।
सरकार फेरिए संगै मधेश प्रदेशको सर्लाही,रौतहट,बारा,पर्सा,महोत्तरी,धनुषा, सिरहा र सप्तरीका सिमानाकाका साथै लुम्बिनी प्रदेशको कृष्णानगर,नौतनवा,प्रदेश १ को मोरङ,झापा र सुनसरी लगायतका जिल्लाबाट निर्विवाद रुपमा अवैध तस्करी संचालन सुरु भएको पाइएको हो ।तस्करहरुले काजु,किसमिस,मरिच,छोकडा,कपडा,चिनी,प्याजका विषेश गरी भन्सार छली अवैध रुपले भारतबाट नेपाल र चाईनिज लसुन र कस्मेटीकका सामाग्रिहरु नेपालबाट भारत जाने गरेको पाइएको हो ।
खाद्य बस्तु आयात गर्दा विभिन्न निकायबाट परिक्षण गराउनु पर्ने झन्झट तथा खर्च बढ्ने भएकोले व्यापारीहरु अवैध बाटो अवलम्बन गरी तस्करी गराउने गरेका पाइएको हो,भने कपडा अन्तरगत महिलाको विभिन्न किसिमका सुट, साडि,थान कपडा,स्तर कपडा,क्रेप,पुजा कपडा र साटन लगायतका थान कपडाहरु भन्सार दर बढि भएकाले काठमाण्डौं,पोखरा,नारायणघाट,हेटौडा लगायतका सहरका व्यवसायीहरुले तस्करहरुलाई प्रयोग गर्न थालेका छन ।
सरकार परिवर्तनसंगै अवैध ओसार पोसार एवम राजस्व चुहावट नियन्त्रणमा सकृय प्रधानमन्त्री कार्यालय,अर्थ मन्त्रालय र गृह मन्त्रालय मातहतका जिल्ला एवम क्षेत्र तथा प्रदेश स्तरीय इकाइहरुका पदाधिकारीहरु कमिसनमा लिप्त भएकै कारण तस्करहरुलाई अहिले सहज भएको हो ।
सिमानाका जुनसुकै भए पनि तस्करहरु भारतीय नागरिक रामा शंकर,सनोज,गुड्डु,विजय,पुकार,भाईलोक,पर्साका ठुलो मदन,सानो मदन,सर्लाहीका दिनेश,सन्तोष,हुसेनी,रौतहटका सुनिल लगायतका कुख्यात तस्करहरु अहिले सकृय भएको सुरक्षा निकायकै भनाई छ।उनीहरुका अनुसार यी तस्करहरुलाई नेपालका सबै नाका काम गर्न हसज हुने गरेका पाइएको छ ।सरोकारवाला कमिसनमा लिप्त हुँदा राज्यको राजश्वमा गिरावट आउनुका साथै तस्करहरुको मनोवल बढेको पाइएको छ ।