बागमतीमा नगर प्रमुख उप प्रमुख सहित १० वडामा माओवादी केन्द्रको जित,८ मा एमाले र ९ मा कांग्रेस

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-४ गते   ३०३४ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिकामा नगर प्रमुख,उप प्रमुख सहित १० वटा वडामा नेकपा(माओवादी केन्द्र)ले जित निकालेको छ । १२ वटा वडा रहेको बागमती नगरपालिकामा वडा नम्बर ८ मा नेकपा(एमाले) र वडा नम्बर ९ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने बाकी रहेका वडा र नगर प्रमुख तथा उप प्रमुखमा नेकपा(माओवादी केन्द्र)का उम्मेदवारहरु विजयी भएका छन् ।
२०७४ सालको स्थानिय निकायको निर्वाचनमा पनि बागमती नगरपालिकामा नेकपा (माओादी केन्द्र)ले जितेको थियो । निवर्तमान नगर प्रमुख र उप–प्रमुखले दोश्रो कार्यकालका लागि बहुमत सहित जित निकालेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
नगर प्रमुखमा निर्वाचित थापाले ११ हजार ३ सय ५७ मत प्राप्त गर्नुभएको छ भने  उप–प्रमुख मोक्तानले १० हजार ८ सय ७९ मत प्राप्त गर्नु भएको हो । नगर प्रमुख थापाका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का उम्मेदवार टंकबहादुर बस्नेत(गोकुल)ले ७ हजार ३ सय ६८ मत प्राप्त गर्नुभएको छ भने उप–प्रमुख मोक्तानको निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)की उम्मेदवार सरिता घिसिङले ७ हजार ७ सय ५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत बिकाउ यादवले जानकारी दिनुभयो । उहाँका अनुसार १२ ओटा वडा रहेको बागमति नगरपालिकामा वडा नम्बर ८ मा नेकपा(एमाले)र ९ मा नेपाली कांग्रेस बाहेकका उम्मेदवार बाहेक १० वटा वडामा माओवादी केन्द्रका उम्मेदवारहरु बिजयी भएका छन ।
बागमती नगरपालिका १ मा गम्भिर सिहं पाख्रिन,२ मा टेक बहादुर बल (बाबू),३ मा तिलक मोक्तान, ४ मा कृष्ण लामा, ५ मा कृष्ण बहादुर वाईबा, ६ मा गोपाल थापा,७ मा दुर्गा बहादुर हेम्जन,१० मा जुगेर कदिर,११ मा प्रदिप आचार्य र बागमती १२ मा ओम बहादुर श्रेष्ठको प्यानल नै विजयी भएको निर्वाचन अधिकृतको कार्यालय बागमतीले जनाएको छ ।
भने बागमती नगरपालिका ८ मा नेकपा(एमाले)का डम्बर बहादुर कार्की र बागमती नगरपालिका ९ मा नेपाली कांग्रेसका दिनेश रायले जित निकालेका हुन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech