रुखले च्यापेर घाइते पौडेल दाजुभाईको उपचारको प्रवन्ध मिलाउन महासंघको माग

174 Shares

पूर्व पश्चिम राजमार्ग विस्तार गर्ने क्रममा रुख कटान गर्दा रुखले च्यापिएर घाइते भएका सर्लाहीको हरिवन नगरपालिका ४ सासापुरका पत्रकार प्रेमनाथ पौडेलको उपचारमा उचित प्रवन्ध मिलाउन नेपाल पत्रकार महासंघ सर्लाही शाखाले माग गरेको छ ।
चैत ११ गते सर्लाहीबाट बर्दिवासतर्फ जाँदै गर्दा बर्दिवास नगरपालिकाको लक्ष्मीनियाँ चोक नजिक पूर्व पश्चिम राजमार्ग विस्तार गर्न रुख काट्ने क्रममा रुख ढलेर च्याप्दा हरिवन पत्रकार पौडेल र उनका दाइ विश्वनाथ पौडेल शक्त घाइते भएका थिए।राजमार्ग विस्तारको क्रममा रुख काट्दै गर्दा सोही रुख ढलेर पौडेल दाजुभाई चढेको प्रदेश २–०३–०१८ प ५४२९ नम्वरको मोटरसाइकल च्यापिएको थियो ।
रुखले च्यापिएर घाइते पौडेल दाजुभाईलाई राजमार्ग विस्तारमा खटिएका कामदारहरुले तत्कालै बर्दिवास स्थित जनसेवा अस्पताल गौरी डाँडा लगेका भएपनि उनीहरुको उपचारका लागि कुनै समन्वय नगरिएको परिवारजनको गुनासो पछि महासंघको ध्यानाकर्षण भएको हो।घाईते भएका पौडेल दाजु भाईको अहिले जोरपार्टी स्थित रहेको अपाङ्ग अस्पतालमा नीजि खर्चमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
पत्रकार पौडेल दाजुभाईको सम्पूर्ण उपचार प्रवन्ध गर्न र उचित क्षतिपूर्ति दिलाउन नेपाल पत्रकार महासंघ सर्लाही शाखाले विज्ञप्ती मार्फत माग गरेको छ।परिवारका सदस्यका अनुसार घटनाको प्रकृति नियाल्दा राजमार्गमा गुड्ने सवारीलाई समेत ध्यान नदिइ लापरवाही ढंगले रुख ढालेको पाइएकाले दोषीमाथि कारवाही गर्न पनि नेपाल पत्रकार महासंघ सर्लाही शाखाले माग गरेको छ।राजमार्ग स्तरोउन्नतीको काममा निर्माण कम्पनीले लार्पबाही ढंगले काम गरि रहेको पटक पटक गुनासो आउने गरेको भएपनि निर्माण कम्पनी मौन देखिएको छ ।

सम्बन्धित समाचार