Close This

१९५० को सन्धि पुनरावलोकन गर्नुपर्छ ः माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-३२ गते   २१९७ पटक हेरिएको

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताउनु भयो । भारत भ्रमणमा रहनु भएका अध्यक्ष प्रचण्डले फाउन्डेशन फर पब्लिक अवार्नेस एण्ड पोलिसीले शनिबार नयाँदिल्लीमा आयोजना गरेको एक कार्यक्रममा यस्तो बताउनु भएको हो ।उहाँले कूटनीतिक संवादमार्फत् दुई मुलुकबीचमा देखिएका समस्या समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन गर्न ढिलाइ गर्न नहुने बताउनु भयो ।
नेपाल–भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढनुपर्ने अध्यक्ष प्रचण्डले बताउनु भयो । अध्यक्ष प्रचण्डले नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखि नै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक सम्वादको माध्यामबाट समाधान गर्दै अघि बढ्न सकिने बताउनु भयो ।
अध्यक्ष एवम पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालको कृषि,पूर्वाधार,पर्यटन लगायतका क्षेत्रमा लगानी बढाउन पनि भारतसँग आग्रह गर्नु भएको छ । उहाँले नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने अवसर रहेको धारणा राख्नु भयो ।
भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा अध्यक्ष प्रचण्ड शुक्रबार भारत भ्रमणमा जानु भएको हो । यस क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उहाँले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech