शहिद काेईराला परिवारकाे आवाश निर्माण सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-६ गते   १६३३ पटक हेरिएको

निर्माण सम्पन्न भएको स्वा. काेईराला परिवार आवाश

सर्लाहीको बागमती नगरपालिका १२ का सर्लाही कै पहिलो शहिद परिवारको आवाश निर्माणकाे काम सम्पन्न भएको छ । सर्लाहीका प्रथम शहिद स्वा.इन्द्र कोईरालाका परिवारलाई नेकपा(माओवादी केन्द्र) सर्लाहीको पहलमा सुरु भएको  आवाश निर्माणको काम सम्पन्न भएको हाे  ।
२०५५ साल कार्तिक १० गते तत्कालीन जनयुद्धको क्रममा क्रुर शासकहरुसंगको लडाईमा कोईरालाको ज्यान गएको थियो ।  २ छोरा र २ छोरी रहेका स्वा.कोईराला परिवारलाई माओवादी केन्द्र जिल्ला समन्वय समिति सर्लाहीका संयोजक एवम हरिवन नगरपालिकाका नगर प्रमुख रमेश कुमार बुढाथोकी(कमल)को विशेष पहलमा सुरु भएको आवाश निर्माणको काम सम्पन्न भएको स्वा.कोईराला आवाश निर्माण समितिका अध्यक्ष एवम योङ्ग कम्युनिष्ट लिग(वाईसिएल) नेपालकानेता मोहनलाल श्रेष्ठ(सन्देश)ले जानकारी दिए। उनका अनुसार आवाश निर्माणको काम सकिएको र चाँडै नै स्वा. काेईराला परिवारलाई हस्तान्तरण गर्ने तयारी भएको छ ।स्वा. काेईराला परिवारलाई   नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)ले हस्तान्तरण गर्ने स्वा.कोईराला आवाश निर्माण समितिका अध्यक्ष एवम योङ्ग कम्युनिष्ट लिग(वाईसिएल) नेपालका नेता सन्देशले बताए  ।
माओवादी केन्द्र सर्लाहीले देशभरमै पहिलो पटक शहिद परिवारको आवाश निर्माणको काम गरेको र स्थानिय निकायको निर्वाचन २०७९ बैशाख ३० का कारण निर्माण सम्पन्न गर्न केही ढिलो भएको भए पनि माओवादी केन्द्र सर्लाहीका नेता कार्यकर्ताहरुकाे अथक प्रयास भएकोले  निर्माण सामाग्री एवम आर्थिक संकलन गरेर आवाश निर्माणको काम सम्पन्न  भएको हाे ।
बागमती नगरपालिकाले करिब २४ धुर जमिन उपलब्ध गराएको र सोही जमिनमा शहिद परिवारको आवाश निर्माण भएकाे बागतमी नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले बताए  । उनका अनुसार शहिद परिवारको आवाश निर्माणको काम सकिएकाे र  पार्टीका केन्द्रीय अध्यक्ष एवम गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री दाहालले चाँडै नै हस्तान्तरण गर्ने छन् ।

 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech