सर्लाहीका बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्याप छ्याप्ती रूपमा विक्री वितरण भइरहेका छन्। सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका ऑप महंगोमा बिक्री गरिरहेका छन् ।
नाफा कमाउन समयभन्दा पहिला ने औप बजारमा बेच्न थालिएको छ। यसका लागि अत्यधिक विषादी प्रयोग गर्ने गरेको पाइएको छ व्यापारीले पाक्नुभन्दा पहिलै रुखवाट ऑप टिप्ने र विषादी प्रयोग गर्ने क्रम चलिरहेको छ। विषादी प्रयोग गरिएका ऑप खाँदा स्वास्थ्य असर पर्ने जोखिम छ भारतसितको खुला सीमाका कारण व्यापारीले सस्तोमा काँचो आँप नेपाल भित्र्याउने गरेका छन्।
काँचो आँप ल्याउने र कार्बाइडको प्रयोगवाट पाकेकाआँप बजारमा बेच्ने प्रवृत्ति मौल्याएको हो । आँपमा विषादी प्रयोग गरिंदा छिटो पाके पनि यस्तो आँप खानु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरु बताउँछन् । जिल्लाको लालबन्दी,हरिवन,हरिपुर,बयलवास तथा मलंगवाका बजाहरुमा विषादी प्रयोग गरी आँप पकाएर विक्रि वितरण हुने गरेको स्थानीय जानकार राम विनय यादवले बताए । उनका अनुसार खाद्य पदार्थमा अनुमति बिना बिक्री वितरण गर्न नपाइने भएपनि जिल्लाका बजारहरुमा भारतिय आँप छ्याप छ्याप्ती विक्रि वितरण भई रहेको छ ।
“ खुल्ला सिमानाको फाइदा उठाएर जिल्लाका फलफुल व्यापारीहरुले भारतिय आँपमा विषादी प्रयोग गरी बिक्री गर्ने गरेको अर्का स्थानीय जानकार उमा श.कर साहले बताए ।उनले काँचो आँपमा विषादी हालेर विक्री वितरण गर्न वा प्रयोग गर्न नदिने विषयमा नियमित बजार अनुगमन हुनु पर्ने बताए ।
ठूला व्यापारीले नभइ केही साना व्यापारीले बढी मुनाफा कमाउने लोभमा आँपमा विषादी प्रयोग गर्ने गरेका पाइएको उद्योग बाणिज्य संघ मलंगवाले जनाएको छ । यसबाट ठूला व्यापारीलाई समेत समस्या परेको पाइएको छ ।
विषादी मिसाएको आँप खानाले झाडापखाला लाग्ने,जीउ चिलाउने,वान्ता हुने जस्ता समस्या देखिने प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका चिकित्सक सुदिपराज काफ्लेले बताए । विषादीयुक्त ऑप बजारमा बेच्न थालेसँगे भाडापखाला,वान्तालगायतका बिरामी उपचारका लागि दैनिक स्वास्थ्य संस्थाहरुमा आउने क्रम बढेको चिकित्सकहरुले बताएका छन् । अत्याधिक मुनाफा कमाउनका लागि केही व्यापारीले विषादी प्रयोग गरी आँप बजारमा बिक्रीका लागि ल्याउने गरेको पाइएको उद्योग बाणिज्य संघ लालबन्दीका निवर्तमान अध्यक्ष कल्याण कुमार जोशीले बताए ।यस्तो आँपको स्वाद पनि राम्रो नहुने र स्वास्थ्यलाई पनि असर गर्ने उनले बताए ।