Close This

सशस्त्र प्रहरी हरिवनद्वारा लाखौं मुल्यको भन्सार छलीको कपडा सहित बस नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-१८ गते   ९२ पटक हेरिएको

सशस्त्र प्रहरी बल वेश क्याम्प हरिवनको सशस्त्र प्रहरीको टोलीले लाखौँ मुल्य बराबरको भन्सार छलीको कपडा बरामद् गरेको छ ।  जिल्ला सदरमुकाम मलंगवाबाट काठमाडौँ जाँदै गरेको एक रात्री बसबाट ठूलो परिमाणमा भन्सर छलीको कपडा बरामद् भएको हो । 
ठुलो साईजको २२ बोरा कपडा बरामद् गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । सशस्त्र प्रहरी बल हरिवन वेश क्याम्पका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दिपेन्द्र थापाको नेतृत्वको टोलीले लालबन्दी नगरपालिका २ मा गस्ती गर्ने क्रममा  ना ५ ख २७७० नम्बरको  बसलाई शंका लागि चेकजाँच गर्दा उक्त बसबाट भन्सार छलीको कपडा बरामद् भएको हो ।
सशस्त्र प्रहरी बल १० नम्बर हे क्वा गण कबिलासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठका अनुसार बसबाट कपडा बरामद भएको भएपनि कपडा कस्को ? र कस्ले ? कुन प्रयोजनको लागी लिएर हिँडेको भन्ने खुलेको छैन् । बरामद कपडा र बस नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले कमलामाई मिडिया प्रालीलाई जानकारी दिनु भयो ।
उक्त कपडा भारतबाट तस्करी गरेर नेपाल भित्र्याईएको र लुकाईछिपाई राजधानी काठमाडौं तर्फ लैजान लागेको हुन सक्ने अनुमान सहित अनुसन्धान अगाडि बढाईएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । हाल बरामद् कपडा सशस्त्र प्रहरी वेश क्याम्प हरिवनमा राखिएको छ । भने अन्य अनुसन्धान जारी रहेको छ । सशस्त्र प्रहरी बल वेश क्याम्प हरिवनमा प्रमुख भएर आएदेखि नै अवैध धन्दाको नियन्त्रणमा लाग्नु भएका सशस्त्र प्रहरी नायव उपरिक्षक थापाले पटक पटक भनसर छलीका सामानहरु नियन्त्रणमा लिई रहनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech