Close This

प्रदेश २ प्रमुख डा.झा पदमुक्त,बुधबार प्रदेशबासीको नाममा सम्बोधन गर्नु हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-१ गते   ७२ पटक हेरिएको

प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश झा(अहिराज) पदमुक्त हुनु भएको छ । नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा.झालाई मंगलबार प्रदेश प्रमुखको पदबाट मुक्त गर्नु भएको हो ।
उहाँलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिनु भयो । सोमबारको मन्त्रिपरिषद बैठकले डा.झालाइ पदमुक्त गर्न र हरिशंकर मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुखमा सिफारिस गरेको थियो । २०७७ फागुनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले तिलक परियारलाई हटाएर डा.झालाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । 
त्यसैगरी प्रदेश प्रमुख डा.झाले बुधबार प्रदेश प्रमुखको कार्यालयबाट बाहिरीनु पुर्व प्रदेश प्रमुखको कार्यालयमा प्रदेशबासीको नाममा सम्बोधन गर्नुको साथै पत्रकारहरुसंग भेटघाटको कार्यक्रम राख्नु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech