चिनी मिल सञ्चालन निश्चित नभएपछि सस्तोमा सक्खर उद्योगलाई उखु बेच्दै सर्लाहीका किसान

305 Shares

सर्लाहीका उखु उत्पादक किसानहरु उखुको मुल्य निर्धारण नहुँदै सस्तो मुल्यमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् ।जिल्लाका उखु मिलहरुले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसानहरु सस्तो मुल्यमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका हुन ।जिल्लामा रहेका तीन उखुमिलहरु मध्य हरिवन नगरपालिका ११ स्थित रहेको इन्दु शंकर चिनी उद्योग बाहेक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले समयमै उखु उत्पादक किसानहरुको भुक्तानी नदिएपछि हैरान भएका जिल्लाका उखु उत्पादक किसानहरुले उत्पादन गरेको उखु सस्तोमा सक्खर उद्योगलाई बेच्न थालेका हुन ।
जिल्लामा रहेका चिनी मिल पनि समयमा सञ्चालन नहुने र उखु बेचेको लामो समयसम्म पनि भुक्तानी नपाउने चिन्तामा रहेका जिल्लाका उखु उत्पादक किसानहरु स्थानीय सक्खर उद्योगलाई आफूले उत्पादन गरेको उखु सस्तैमा भएपनि समयमै बच्दा खाली भएको जमिनमा मुसुरो,गहुँ र धनियाँ लागाउन पाइने भएकाले पनि हतारमा देखिएका छन् ।जिल्लामा रहेका तीन वटा उखु मिलहरु मध्य हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योग मंसिरको २२ गतेबाट सञ्चालन गर्ने तयारी भई रहेको भएपनि अन्नपूर्ण र महालक्ष्मी सुगर मिल कहिले सञ्चालन हुन्छन् भन्ने ठेगान छैन् ।
जिल्लाका उखु उत्पादक किसानहरुले समयमै आफ्नो खेत खाली हुँदा अन्य बाली लगाउन पाउने भएकाले पनि सस्तोमा भएपनि सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार मैनालीले बताए । उनका अनुसार सरकारले चालु सिजनको उखुको मुल्य निर्धारण गरेको छैन् ।चिनी मिल समयमै सञ्चालन नहुने चिन्तामा रहेका जिल्लाका उखु उत्पादक किसानहरु उखु समयमै बेचन नपाउने चिन्ताका साथै बेचेको उखुको पनि समयमै भुक्तानी नपाउने चिन्तामा रहेका मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष मैनालीले बताए ।
इन्दुशकर चिनी उद्योग मंसिरको तेस्रो साताबाट सञ्चालन गर्ने तयारी भइरहेको भए पनि अन्नपूर्ण सुगर मिल र महालक्ष्मी सुगर मिल कहिले सञ्चालनमा आउछन् र गतवर्ष बेचेको उखुको भुक्तानी कहिले हुन्छ भन्ने दोधारमा रहेका जिल्लाका उखु उत्पादक किसानहरु सस्तैमा भएपनि सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए ।
जिल्लाका उखु उत्पादक किसानहरुले समयमै उखु बिक्री गर्न नपाउँदा खेतमा अन्य बाली लगाउन नपाउने हुँदा सक्खर उद्योगलाई सस्तोमा भएपनि उखु बेचेर भए पनि समयमै आफ्नो खेत खाली भएपछि उब्जाइएको अन्य अन्नबालीबाट आफ्नो घर व्यावहार चलाउन सक्ने भएकाले पनि सस्तोमा भएपनि सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका बरहथवा नगरपालिका ११ का किसान रत्न बबहादुर घिमिरेले बताए ।
नगदेबालीका रूपमा रहेको उखु बेच्ने अन्य कुनै विकल्प नभएकाले सक्खर उद्योगलाई सस्तैमा भएपनि उखु बेच्न थालेको बसबरिया गाउँपालिका २ का उखु उत्पादक किसान रामविलाश महतोले बताए ।चिनी मिल समयमै सञ्चालन नहुने र सञ्चालन भइहाले पनि भुक्तानी कहिले पाउने भन्ने टुङगो नहुने भएकाले जिल्लाका उखु उत्पादक किसानहरुले खेतमा अर्को बाली पनि लगाउन नपाउने भएकाले समयमै उखु निकालेर अर्काे बकाली लाउन पनि उखु बेच्न बाध्य भएको महतोले बताए ।
जिल्लाका सक्खर उद्योग सञ्चालकहरुले पनि सक्खरको मागअनुसार उखुको मूल्य निर्धारण गर्दै आएका छन् । उत्पादित सक्खरको खपत कम भयो भने उखुको मूल्य पनि कम दिने र माग बढेमा सोही अनुसार मुल्य पनि बढाएर दिने गरिएको बरहथवा नगरपालिका ११ का सक्खर उद्योग सञ्चालक शत्रुधन रायले बताए । उनका अनुसार अहिले उखु उत्पादक किसानहरुलाई कुनै किसामको मुल्यउ निर्धारण गरिएको छैन् ।
एघार क्विन्टल उखु पेल्दा एक क्विन्टल सक्खर उत्पादन हुँने बरहथवा नगरपालिका ११ का सक्खर उत्पादक व्यवसायी रायले बताए । उनका अनुसार उत्पादित सक्खरमध्ये कालो सक्खरको रु पाँच हजार र सेतो सक्खरको रु पाँच हजार पाँच सयदेखि छ हजार दुई सय प्रति क्विन्टल बजार मूल्य रहेको छ ।आफ्नो उद्योगमा प्रत्यक्ष रूपमा छ जनाले दैनिक ज्यालीदारीमा रोजगारीसमेत पाएका रायले बताए ।
“भारतबाट अवैध रूपले आउने सक्खरका कारण व्यवसाय नै धराशायी बन्दै गएको छ, सक्खरले बजार मूल्य नपाउँदा किसान र व्यवसायीहरु दुवैले समस्यामा छन् ।”,बरहथवा नगरपालिका ११ स्थित सञ्चालनमा रहेको सक्खर उद्योगका सञ्चालन शिवचन्द्र रायले बताए । उनका अनुसार भारतबाट आएको सक्खर सस्तो मूल्यमा बिक्री हुँदा आफूहरूले पनि सोहीअनुसार बेच्नु परेकाले लगानीअनुसारको मूल्य आउन सकेको छै्रन् ।

सम्बन्धित समाचार